Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

मौसम पूर्वानुमान :

देशभरको मौसम कहाँ कस्तो रहला ?

देशभरको मौसम कहाँ कस्तो रहला ?

images
images
  • 1.8K
    SHARES
  • images
    देशभरको मौसम कहाँ कस्तो रहला ?
    images
    images

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज विहान देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ ।

    images

    आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । ‘काठमाडौंमा आज आंशिक बदलीको सम्भावना रहेको छ । हल्का वर्षाको सम्भावना छ’, मौसमविद् समीर श्रेष्ठ भन्छन्, ‘देशभर करिब काठमाडौैंकै जस्तै मौसम हुने जनाइएको छ । भारी वर्षा गराउने मौसमी प्रणाली छैन ।’

    आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद् श्रेष्ठका अनुसार आगामी तीन दिन भारी वर्षा गराउने मौसमी प्रणाली विकास भएको छैन ।

    देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क हुन विभागको आग्रह छ ।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको