Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • खेलकुद
  • नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल...

नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै

images
images
  • भाद्र २७, २०७८ आइतवार ०६:४३ बजे
  • 484
    SHARES
  • images
    नेपालले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दै
    images
    images

    काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमले आज  बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा बंगलादेशसँग अपरान्ह ५ बजे खेल्ने छ ।

    images

    एएफसी महिला एसियन कप  २०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । बिहीबार भएको पहिलो खेलमा नेपालले २ - १ को जित निकालेको थियो । नेपालको जितमा डेब्यु खेलाडी सबिता राना र प्रिती राईले एक एक गोल गरेकी थिइन् ।

    बंगलादेशकी तोहुरा खातुनले एक गोल फर्काएकी थिइन् । एएफसी महिला एसियन कप २०२२ छनोट उज्वेकिस्तानमा हुदैछ । छनोटमा नेपाल समूह एफ  मा  छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन् ।

    उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्ने छ ।  यस्तै नेपालले असोज ५ गते दोस्रो खेलमा हङकङको सामना गर्नेछ। 

    यस समूहको फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ ।

    समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

     

    images
  • सम्बन्धित विषय:

  • # महिला फुटबल टिम

  • सम्बन्धित समाचार
    धेरै पढिएको