Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • बजार
  • चोकोफनको २० वर्षको मिठासपूर्ण यात्रा उत्साहपूर्व...

चोकोफनको २० वर्षको मिठासपूर्ण यात्रा उत्साहपूर्व मनाउँदै ओन्ली चोकोफन

चोकोफनको २० वर्षको मिठासपूर्ण यात्रा उत्साहपूर्व मनाउँदै ओन्ली चोकोफन

images
images
  • 470
    SHARES
  • images
    चोकोफनको २० वर्षको मिठासपूर्ण यात्रा उत्साहपूर्व मनाउँदै ओन्ली चोकोफन
    images
    images

    काठमाडौँ l नेपालको अग्रणी कन्फेक्सनरी कम्पनी सुजल फूड्स प्रा. लि. को उत्कृष्ट उत्पादन चोकोफनको २० औ बार्षिकोत्सवको अवसरमा कम्पनीले आफ्ना समस्त ग्राहकवर्ग, उपभोक्त्ता, बिक्रेता, वितरक तथा शुभचिन्तकहरुलाई हार्दिक बधाई ज्ञापन गर्दै चोकोफनको नयाँ बिज्ञापन अभियान शुरु गरेको छ ।

    images

    ओन्ली चोकोफन भन्ने संदेश बोकेको यस बिज्ञापन अभियानलाई आकर्षक ढंगले टेलिभिजन बिज्ञापन मार्फत प्रस्तुत गरिएको छ । चोकोफन देशकै पहिलो र ओरजिनल चकलेट वेभफर हो र यसको मिठो स्वाद हरेक बालबालिकाहरुको मनमनमा बिगत २० वर्षदेखि बस्दै आएको छ।

    यस बिज्ञापन अभियानमार्फत बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई ओन्ली चोकोफन को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ । बालबालिकाहरुको विभिन्न रमाइला पलहरुमा चोकोफनको साथले थपखुशी र आनन्दप्राप्त हुन्छ र यसरी उनीहरुको रामाइलो र खुशीको अभिन्न अंगको रुपमा ओन्ली चोकोफन छ भन्ने अभिप्राय बोकेको यस बिज्ञापन अभियानको प्रबर्धन पत्रपत्रिका, रेडियो, डिजिटल बोर्ड, सामाजिक संजालमार्फत पनिप्रबाह गरिएको छ । 

    यो बिज्ञापनलाई बालबालिकाहरुले आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्ने छन् । उनीहरुको दैनिकीजीवनमाहुने विभिन्नमिठा पलहरुलाई नै समेटेर ओन्ली चोकोफनको टेलिभिजन बिज्ञापनमा देखाइएको छ, जुन बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई चोकोफनको मिठासले पूर्ण तुल्याउँछ ।

    बिज्ञापनमा बालबालिकाहरु एक अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको साथै ओन्ली चोकोफन नै उनीहरुको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको छ ।

    बिगत चार दशकदेखि उत्कृष्ट कन्फेक्सनरी उत्पादन गर्दे आएको आईएसओ २२०००ः२०१८ प्रमाणित कम्पनी सुजल फूड्स प्रालिको लोकप्रिय उत्पादन हो चोकोफन ।

    अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर बातावरणमा सावधानिका साथ चोकोफनको उत्पादन गरिन्छ । क्रिप्स्पी र क्रन्ची वाफेरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै अत्यन्तै स्वादिष्ट छ।  

    यस बिज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफलहुनुको साथै सम्पूर्ण बालबालिकाहरुको जीवनमा चोकोफन अभिन्न अंगक रुपमा स्थापित हुने र उनीहरुको चोकोफन प्रतिको माया र प्रेम निरन्तर रहिरहने कुरामा कम्पनी पूर्णतःविश्वस्त छ ।

    images
  • सम्बन्धित विषय:

  • # चोकोफन
  • # ओन्ली चोकोफन

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको