Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • बजार
  • ओपोद्वारा ‘बडा दशैँको लहर ओपोको अफर’...

ओपोद्वारा ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार क्याम्पेन २०७८ को घोषणा

ओपोद्वारा ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार क्याम्पेन २०७८ को घोषणा

images
images
  • 533
    SHARES
  • images
    ओपोद्वारा ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार क्याम्पेन २०७८ को घोषणा
    images
    images

    काठमाडौँ l वैश्विक स्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले समस्त नेपालीहरुकोे महान चाडबडा दशैँ २०७८ को शुभअवसरमा ‘बडा दशैँको लहर ओपोको अफर’,विशेष उपहार योजनाको घोषणा गरेको छ ।

    images

    उपहार योजना अन्तर्गत उपभोक्ताले क्याम्पेन अवधिभर ओपोका स्मार्टफोन लगायत आईओटी उत्पादनहरु खरिद गरी योजनामा सहभागिता जनाई विभिन्न आकर्षक उपहारहरु जित्ने अवसर प्राप्त गर्नेछन् । 

    ‘ग्लोबल कम्पनीकारुपमा ओपोले सधैँ नै स्थानियकरणमा विश्वास गर्दै आइरहेको छ । नेपाल हाम्रा लागि विशेष प्राथमिकता बोकेको बजार हो । यहाँको संस्कृति, परम्परा र विविधतामा रहेको सादापन वास्तवमै प्रेरणादायी छ । स्थानिय महान चाड बडा दशैँ, आदर्णिय उपभोक्तासंग खुशी साट्दै मनाउने सोचका साथ हामीले ‘बडा दशैँको लहर ओपोको अफर’ उपहार योजनाको घोषणा गरेका हौँ ।’, ओपो नेपालका ब्राण्ड डिरेक्टर, पियरसन शेनले भने ।

    क्याम्पेन अवधिभर कुनै पनि ओपोका उत्पादनको खरिद गरी उपभोक्ताले उपहार योजनामा सहभागिता जनाउन सक्छन् । सहभागिताका लागि उपभोक्ताले ओपाको वेभसाईटमा सिधै लग अन वा क्यूआर कोड स्क्यान गरी क्याम्पेन पेजमा पुगेर त्यहाँ मागिएका जानकारीहरु उपलब्ध गराउनु पर्ने हुन्छ ।

    यसरी सहभागीहरु मध्यबाट हरेक हप्ता लक्कि ड्र मार्फत छनोटमा परेका भाग्यशाली विजेताहरुले ओपो एफ १९ प्रो, ओपो एफ १९, ओपो ब्याण्ड, ओपो डब्ल्यू ५१, ओपो डब्ल्यू ११ लगायत अन्य आकर्षक उपहारहरु जित्न सक्नेछन् । विजेताहरुको घोषणा ओपो नेपालको आधिकारिक सामाजिक सञ्जाल पेजहरु मार्फत गरिनेछ ।

    क्याम्पेन अवधिभर, लक्की ड्र मा विजेताकारुपमा छनोटमा नपरेका सहभागीलाई स्वतःअर्को लक्की ड्रका लागि सहभागिताको अवसर प्रदानगरिनेछ । तसर्थ, एकपटक सहभागिता जनाइसकेपछि सहभागीले अन्तिम लक्की ड्र सम्म जित हात पार्ने अवसर प्राप्त गर्नेछन् । सेप्टेम्बर १२ देखि सञ्चालनमा ल्याइएको यो उपहार योजना अक्टोबर १८, २०२१ सम्म चल्ने कम्पनीले जानकारी दिएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # ओपो
  • # बडा दशैँको लहर ओपोको अफर

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको