Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • मनोरञ्जन
  • ‘यि आँखाका नानी’ बोलको गीतको भिडियो...

‘यि आँखाका नानी’ बोलको गीतको भिडियो सार्वजनिक

‘यि आँखाका नानी’ बोलको गीतको भिडियो सार्वजनिक

images
images
  • 715
    SHARES
  • images
    ‘यि आँखाका नानी’ बोलको गीतको भिडियो सार्वजनिक
    images
    images

    काठमाडौँ l गायक कृशल कंडेलको ‘ओडेर घुँघट’ सफलतापछि ‘ओडेर घुँघट’ को बाँकी कथा भनिएको ‘यि आँखाका नानी’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायक कृशल कंडेलसंगै मेलिना मैनालीको स्वर सुन्न सकिन्छ । 

    images

    गीतको भिडियोमा कृशल कंडेलसंगै मेलिना मैनालीकै अभिनय रहेको छ । ओडेर घुँघट मा कृशल र सेड्रिना शर्माको जोडि थियो भने बाँकी कथामा मेलिनाको प्रवेश भएको छ । सेड्रिनाको अध्ययनका कारण दोस्रो भागमा हुन नसकिएको भन्दै निर्देशक दीपक आचार्यले गायिका मेलिनाले पनि अभिनयमा सम्भावना बोकेको हुँदा कृशल र मेलिनाको जोडिलाई भिडियोमा राखिएको बताएका छन् । 

    सार्वजनिक गीत ‘द प्रिमियर प्रोडक्सन’ नामक युटुब च्यानलमा सार्वजनिक भएको हो । दीपक आचार्य ‘काकु’ ले लेखेको गीतलाई अर्जुन पोख्रेलले संगीत भरेका छन् । गीत सार्वजनिक भएसंगै आडियो र भिडियोबारे दर्शकले सकारात्मक प्रतिक्रियाहरु दिएका छन् । 

    बुद्ध थापाको सिनेमाटोग्राफी रहेको भिडियोलाई चन्द्रन दत्तले सम्पादन गरेका हुन् । भिडियोलाई सुश्मा गुरागाँईले निर्माण गरेकी हुन् ।

    images
  • सम्बन्धित विषय:

  • # यि आँखाका नानी

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको