Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • समाचार
  • लोकसेवाले किन गर्‍यो शाखा अधिकृतको नतिजा...

लोकसेवाले किन गर्‍यो शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित ?

लोकसेवाले किन गर्‍यो शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित ?

images
images
  • 785
    SHARES
  • images
    लोकसेवाले किन गर्‍यो शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित ?
    images
    images

    काठमाडौँ l लोकसेवा आयोगले विभिन्न सेवाका अधिकृत तहको अन्तिम नतिजा स्थगित गरेको छ।

    images

    आयोगले २०७६ सालमा विज्ञापन गरेको व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखापरीक्षण सेवाका शाखा अधिकृतको नतिजा प्रकाशन स्थगित गरेको हो।

    स्थानीय तहमा समायोजन भएर गएका ३४ जना अधिकृतहरुले आफूहरु संघमै पुनःस्थापित हुनुपर्ने भन्दै दिएको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले समायोजना सच्याउन भनेको थियो। त्यसैलाई आधार मान्दै आयोगले नयाँ नतिजा सार्वजनिक स्थगित गरेको हो।

    आयोगले २०७६ मंसिरमा शाखा अधिकृतमा बढुवा तथा खुला गरी सामान्य प्रशासन समूहमा पाँच सय ६० रिक्त पदमा पदपूर्तिको लागि विज्ञापन आह्वान गरेको थियो।

    त्यसमध्ये मध्ये ३० प्रतिशत बढुवातर्फ छुट्याएको १६८ जना पदपूर्ति भइसके पनि खुला तथा समावेशीतर्फ छुट्याएको ३९२ पदको परीक्षा भने कोरोना महामारीका कारण रोकिँदा भदौ पहिलो हप्ता मात्रै सबै तहको परिक्षा सकिएको थियो।

    आयोगले अन्तिम नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सर्वोच्चको आदेश आएपछि रोकेको हो।

    आयोगले सोमबार सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आयोगबाट प्रकाशित वि नं १६६९४–१६७००र७६–७७ सम्मका व्यवस्थापिका संसद, परराष्ट्र, प्रशासन र लेखा परीक्षण सेवाका राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृत वा सो सरह (अप्राविधिक) पदको योग्यताक्रम प्रकाशन तथा सिफारिस स्थगित भएको व्यहोरा आयोगको मिति २०७८/५/२८ को निर्णयअनुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’

    images
  • सम्बन्धित विषय:

  • # लोकसेवा आयोग
  • # शाखा अधिकृत

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको