Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • बैंक वित्त
  • नबिल ब्यालेन्सड् फण्ड–३ का इकाईहरुमा माग...

नबिल ब्यालेन्सड् फण्ड–३ का इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन

नबिल ब्यालेन्सड् फण्ड–३ का इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन

images
images
  • 757
    SHARES
  • images
    नबिल ब्यालेन्सड् फण्ड–३ का इकाईहरुमा माग गरिए भन्दा बढीको आवेदन
    images
    images

    काठमाडौँ l नवील म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना नवील ब्यालेन्सड् फण्ड–३ को प्रतिइकाई मूल्य १० रुपैयाँको दरकले १० करोड इकाई मध्ये एक करोड ५० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्युनतम १४ प्रतिशत इकाई कोष प्रवद्र्धक नवील बैंक लिमिटेड र एक प्रतिशत योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको आठ करोड ५० लाख इकाईमा सार्वजनिक निष्काशन गरेको तीन दिनमै माग भन्दा बढि इकाई खरीदका लागि आवेदन प्राप्त भएको छ ।

    images

    सर्वसाधारण लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता स्वरुप एक लाख चार हजार सात सय ७९ (प्रमाणित हुन बाँकी समेत गरी) आवेदकहरुबाट करिब १२ करोड ६२ लाख ५५ हजार ४० (प्रमाणित हुनबाँकी समेत गरी) बराबरको इकाई खरीदका लागि आवेदन परेको छ, जुन बिक्रीको लागि माग गरिएको आवेदन रकम भन्दा २५ प्रतिशतले बढी आवेदन परेको छ ।

    यो योजनाको बिक्री बन्द भने भोलि मात्र हुने भएकाले माथि उल्लेख गरिएको आवेदन संख्या अझ बढ्ने देखिएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # नबिल बैंक
  • # नबिल ब्यालेन्सड् फण्ड–३

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको