Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • बजार
  • ९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको...

९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया

images
images
  • 645
    SHARES
  • images
    ९७ वर्षकी वृद्धाको अल्का अस्पतालमा हिमीआर्थोप्लाष्टिको सफल शल्यक्रिया
    images
    images

    ललितपुर, l ललितपुर जावलाखेलस्थित अल्का अस्पतालमा ९७ वर्षको एक वृद्धामा हिमीआर्थोप्लाष्टिको शल्यक्रिया सफल रुपमा गरिएको छ । ललितपुर खोकनाकी ९७ वर्षकी गणेशमाया शाहीको हिमीआर्थोप्लाष्टि अर्थात हिपको आधा जोर्नी फेर्ने शल्यक्रिया सफल भएको हो । 

    images

    अस्पतालका चिकित्सक शिवचन्द्र अमात्यको टोलीले शाहीलाई हाइ केयरमा राखेर हिमीआर्थोप्लाष्टिको शल्यक्रिया गरेको थियो । ’९७ वर्षको वृद्धा त्यही पनि मुटु रोगले ग्रस्त, हामीले उच्च सावधानी अपनाएर उहाँको शल्यक्रिया सफल रुपमा गरेका छौं,’ चिकित्सक अमात्यले भने, ’यो दुलर्भ नै हो ।’ उनका अनुसार चिकित्सकहरुले वृद्धा र मुटु रोगीहरुलाई यस्तो शल्यक्रिया गर्न सुझाव नै दिदैनन ।

    शाहीको परिवारले पनि हिप फेर्न हामीलाई अनुरोध गर्नुभयो, हामीले शल्यक्रियाका जोखिमहरुबारे उहाँहरुलाई जानकारी दिएका थियौं, ’चिकित्सक अमात्यले भने, उहाँहरुले शल्यक्रियाका लागि अनुमति दिएपछि हामीले हिप फेर्ने काम सफल रुपमा गयौं । 

    उनको मुटु सुन्निएको थियो, धड्कन पनि कम थियो, हामीले चाँडोभन्दा चाँडो हिप फेर्नुपर्ने बाध्यता थियो, अमात्यले भने हामीले ५४ मिनेटमा नै सो शत्यक्रिया गर्न सफल भयौं । मैले धेरै अस्पताल धाएँ तर अल्का आएर मेरो अप्रेसन सफल भयो,’ शाहीले भनिन । केही वर्ष अघि शाही लडेर हिपको जोर्नी भाँचिएको थियो हिपको जोर्नी फेरेपछि शाही अस्पतालबाट डिचार्ज भइसकेकी छिन ।

    images
  • सम्बन्धित विषय:

  • # अल्का अस्पताल

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको