Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

मौसम पूर्वानुमान :

देशभरको मौसम कहाँ कस्तो रहला ?

देशभरको मौसम कहाँ कस्तो रहला ?

images
images
  • 4.4K
    SHARES
  • images
    देशभरको मौसम कहाँ कस्तो रहला ?
    images
    images

    काठमाडौँ l देशभरको मौसम मंगलबार सामान्यतया बदली भई धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    images

    नेपालमा अहिले भारतको ओडिसा र आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ । यस्तै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको मौसमविदले बताएका छन् ।

    अहिले प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीसहित थोरै स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी प्रदेशका भूभागमा आंशिक बदली रहेको छ ।

    मंगलबार दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

    यस्तै राति देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    यसैबिच पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिमसँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको