Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • रोजगार
  • इजरायल जानेको भाषा परीक्षाको नतिजा सार्वजनिक,...

इजरायल जानेको भाषा परीक्षाको नतिजा सार्वजनिक, २ हजार ३९ उत्तीर्ण

इजरायल जानेको भाषा परीक्षाको नतिजा सार्वजनिक, २ हजार ३९ उत्तीर्ण

images
images
  • भाद्र २९, २०७८ मंगलवार १५:१३ बजे
  • 442
    SHARES
  • images
    इजरायल जानेको भाषा परीक्षाको नतिजा सार्वजनिक, २ हजार ३९ उत्तीर्ण
    images
    images

    काठमाडौं । रोजगारीका लागि इजरायल जाने श्रमिकका लागि   लिइएको भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ।  हिजो दिउँसो लिइएको अंग्रेजी भाषाको लिखित परीक्षाको नतिजा वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको हो । लिखित परीक्षामा ६ हजार ३ सय १७ जना सहभागी भएकोमा २ हजार ३९ जना उत्तीर्ण भएका हुन् ।  

    images

    उत्तीर्ण हुनेमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ जना पुरुष छन् । भाषा परीक्षामा उत्तीर्ण भएकाको  अब फिटनेस टेष्ट हुने छ । उम्मेद्वारको उचाइ र तौल परीक्षण तथा अन्तर्वार्तापछि इजरायल जानेको अन्तिम नामावली सार्वजनिक हुने छ ।  इजरायल जाने श्रमिकको तौल कम्तीमा ४५ किलो र उचाइ १ दशमलव ५ मिटर हुनुपर्नेछ।

    अन्तर्वार्ता र शारीरिक परीक्षणपछि विभागले १४ सय जना छनोट गरेर नेपालस्थित इजरायल दूतावासमा पठाउनेछ।  

    दूतावासले चिट्ठा प्रक्रियाबाट एक हजार श्रीमक छनोट गरेर भिसाको प्रक्रिया सुरु गर्ने विभागले जनाएको छ। 

    इजरायल जानका लागि ७ सय महिला र ३ सय जना पुरुष छनोट हुनेछन्।

    इजरायलले ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने यसअघि नै सम्झौता भएको छ। इजरायल जाने श्रमिकले एक लाख ६५ हजार रुपैयाँ बुझाउनु पर्नेछ। उनीहरुको तलब एक लाख ८६ हजार रुपैयाँ हुने बताईएको छ । 

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको