Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • राजनीति
  • पाण्डे र भट्टले नेकपा समाजवादी रोज्न...

पाण्डे र भट्टले नेकपा समाजवादी रोज्न पाउने सर्वोच्चको आदेश, माधव नेपालसमूहसँग अब ३१ सांसद

पाण्डे र भट्टले नेकपा समाजवादी रोज्न पाउने सर्वोच्चको आदेश, माधव नेपालसमूहसँग अब ३१ सांसद

images
images
  • भाद्र २९, २०७८ मंगलवार १६:४१ बजे
  • 435
    SHARES
  • images
    पाण्डे र भट्टले नेकपा समाजवादी रोज्न पाउने सर्वोच्चको आदेश, माधव नेपालसमूहसँग अब ३१ सांसद
    images
    images

    काठमाडौं । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टले नेकपा एकीकृत समाजवादीमा रोज्न पाउने भएका छन् ।
    न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले पाण्डे र भट्टलाई एकीकृत समाजवादीमा आवद्ध हुने पाउने अधिकारमा  कुनै कारबाही नगर्न नगराउन अन्तरिम आदेश दिएको हो । माधवकुमार नेपाल नेतृत्वमा बनेको एकीकृत समाजवादी दर्ताका लागि एमाले केन्द्रीय सदस्यहरुले सनाखत गर्नुपूर्व नै दुवैले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर भदौं २ गते दल दर्ताका लागि निवेदन दिँदा दुवैको नाम नभएका कारण आयोगले सनाखत गरेको थिएन ।

    images

    एकीकृत समाजवादी रोज्न पाउनुपर्ने दुवैले हालेको रिटमा न्यायाधीशद्वय खतिवडा र सुवेदीको इजलासले सनाखतपूर्व नै दल रोजेको देखिएकाले त्यसलाई मुद्दाको टुंगो नलाग्दासम्म असर गर्ने गरी कुनै कारबाही नगर्न अन्तरिम आदेश दिएको हो ।

    सर्वोच्चको आदेशसगै एकीकृत समाजवादीको सांसद संख्या बढेर  प्रतिनिधीसभामा २३ पुगेको छ भने राष्ट्रियसभामा ८ पुगेको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # नेकपा समाजवादी

  • सम्बन्धित समाचार
    धेरै पढिएको