Logo

२०७८, आश्विन ७ गते बिहिवार

images
images
  • खेलकुद
  • एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार,...

एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार, आइसीसीको वरियतामा १५ औं स्थानमा

एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार, आइसीसीको वरियतामा १५ औं स्थानमा

images
images
  • भाद्र २९, २०७८ मंगलवार १७:०२ बजे
  • 400
    SHARES
  • images
    एकदिवसीय वरियतामा नेपालको एक स्थान सुधार, आइसीसीको वरियतामा १५ औं स्थानमा
    images
    images

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरियतामा नेपालले एक स्थान सुधार गरेको छ ।
    आइसिसीले आज जारी गरेको नयाँ वरियतामा नेपालको एक स्थान सुधार गर्दै १५औँ स्थानमा उक्लिएको हो ।

    images

    यसअघि नेपाल १६औँ स्थानमा रहेको थियो ।

    आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत हिजो भएको खेलमा नेपालले अमेरिकालाई पराजित गरेपछि नेपालको वरियतामा सुधार आएको हो ।

    ओमान भ्रमणमा रहेको नेपालले अमेरिकासँग खेल्नुअघि पपुवा न्युगिनीविरुद्धको दुई खेलको एकदिवसीय सिरिजसमेत जितेको थियो । एकदिवसीयमा वरियतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ भने इंग्ल्याण्ड दोस्रो स्थानमा रहेको छ । त्यसैगरी अष्ट्रेलिया तेस्रो, भारत चौथो र दक्षिण अफ्रिका पाँचौँ स्थानमा छन् । 

    images
  • सम्बन्धित विषय:

  • # आइसीसी वरियता

  • सम्बन्धित समाचार
    धेरै पढिएको