Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • समाचार
  • आगामी तीन दिन देशैभर आंशिक बदली...

आगामी तीन दिन देशैभर आंशिक बदली रहने, केही ठाँउमा मेघगर्जनसहितको वर्षा

आगामी तीन दिन देशैभर आंशिक बदली रहने, केही ठाँउमा मेघगर्जनसहितको वर्षा

images
images
  • भाद्र ३१, २०७८ बिहिवार १२:०८ बजे
  • 701
    SHARES
  • images
    आगामी तीन दिन देशैभर आंशिक बदली रहने, केही ठाँउमा मेघगर्जनसहितको वर्षा
    images
    images

    काठमाडौं । न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभावका कारण मनसुन न्युनचापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेकाले शनिबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    images

    विभागका अनुसार आज लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । 

    दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    राति देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको