Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • शेयर
  • शेयर बजारमा ७६.६५ अंकको गिरावट, ९...

शेयर बजार :

शेयर बजारमा ७६.६५ अंकको गिरावट, ९ अर्बको कारोबार

शेयर बजारमा ७६.६५ अंकको गिरावट, ९ अर्बको कारोबार

images
images
  • 1.1K
    SHARES
  • images
    शेयर बजारमा ७६.६५ अंकको गिरावट, ९ अर्बको कारोबार
    images
    images

    काठमाडौँ l आज बिहिबार पनि नेप्सेमा भिषण पहिरो गएको छ । आज नेप्से ७६ दसमलव ६५ अंकले घटेर २८ सय १२ दसमलव ३८ अंकमा झरेकोमा सेन्सिटिभ पनि १२ दसमलव ७३ अंकले घटेर पाँच सय २५ दसमलव ७८ अंकमा पुगेको छ ।

    images

    दुई सय २९ वटा कम्पनीहरुको एक लाख १३ हजार आठ सय सात पटकको कारोवारमा एक करोड ६४ लाख ६८ हजार पाँच सय आठ कित्ता सेयर कारोवार हुंदा कुल कारोवार रकम नौ अर्ब तीन करोड ३९ लाख छ सय २३ रुपैयाँमा सिमित हुन पुगेको छ । 

    १३ वटा समुहको कारोवार हुंदा आज १३ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ४१ दसमलव १४ अंकले घटेर एक हजार नौ सय सात दसमलव ५५ अंकमा पुग्दा जलबिद्युत समुहको सुचक पनि एक सय ३७ दसमलव ७९ अंकले घटेर तीन हजार दुई सय ३८ दसमलव ९७ अंकमा पुुगेको छ ।

    यस बाहेक बिकास बैंक, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी समुहरुको सुचक पनि घटेका छन ।  

    नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा मनकामना स्मार्ट लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कर्पोरेट डेभलपमेन्ट बैंक परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने अरुण भ्याली हाईड्रो पावर कम्पनी परेको छ । 

    images
  • सम्बन्धित विषय:

  • # शेयर बजार
  • # share market
  • # share news
  • # nepse

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको