Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • समाचार
  • नेपाली सेना देशको लागि कि हाकिमको...

नेपाली सेना देशको लागि कि हाकिमको घरमा सेवा गर्नलाई हो ?

नेपाली सेना देशको लागि कि हाकिमको घरमा सेवा गर्नलाई हो ?

images
images
  • 44.4K
    SHARES
  • images
    नेपाली सेना देशको लागि कि हाकिमको घरमा सेवा गर्नलाई हो ?
    images
    images

    काठमाडौँ l नेपाली सेनामा कैयौ नयाँ नयाँ परिवर्तन गर्छु भन्दै आए गए के के नि गर्छु भन्ने चिफ पनि बने ।  तर सिपाहीकाे हितका लागि  खासै केही गर्न सकेनन् । नेपाल सरकारलाई हामी के निवेदन गर्न चाहन्छौं भने सुरक्षा निकायको हरेक संस्ठामा होम सेकुरीटी सेना भनेर छुट्टै खोलियोस् ताकि हाकिमको घरमा काम गर्न सजिलो होस् ।

    images

    किनकि एउटा सिपाही बनाउन राज्यलाई लाग्ने खर्च र सिपाहीले अर्काको घरमा हतियार र गोद्यी बोकी देशके रक्षा गर्नेले जर्नेल, कर्नेल, हाकिमको छोराछोरी, श्रीमती र आफन्तको घरमा नोकर बस्न, भाडा माझ्न, लुगाधुन, खेतवारीमा काम गर्न, गाईभैंसी चराउन, स्याहारसुसार गर्न, हाकिमका श्रीमती सपिङ्ग गर्न  दिनरात बाेकेर हिंड्न नपरोस ।

    आज कति चिफसाव र नयाँ नियमहरु आए गए तर हरेक वहालवाला, भू.पू.  र आफन्तहरुकोमा गएका सिपाही र फालवर्सहरुको मुक्ति गर्न र सुधार ल्याउन सकेनन् । नियम अनुसार वहालवालाको घरमा दर्जा अनुसार सिपाही खटाउने नियम राखे र  भू.पू.हरु जिउँदो हुन्जेल एउटा दिने र मृत्यु पश्चायत हटाउने नियम बनाए । तर आज बर्षौंदेखि कतिकोमा गणपतिहरूले आर्मी हेड क्वार्टरलाई थाहै नदिई घर घरमा सिपाही अर्काको कोटामा देखाएर आफन्तकोमा सिपाही खटाएर शाेषण  गरिरहेका छन् । सरकारी मानाेचामल खाएर अवैधानिक रूपमा निजी घरपिरवारकाे सेवा कहिलेसम्म गर्नुपर्ने हाे ?

    त्यही कारण नेपाल सरकारलाई हामी यो प्रथा हटाउनु पर्यो या सबैको घरमा राख्न दिनु पर्यो । हरेक गण र गुल्ममा सिपाहीहरुको अभलेख राखेर खटाउने भए संगठनबाट वा दरबन्दी घरकाज गुल्म बनाएर कुन सैनिक अधिकृतकाेमा वा  कस्कोमा कति जना सरकारी जनसाधन दिने या कति पाउने भनेर खटाउनु पर्यो । तर आफू खुसी चिनेको आफन्त भनेर सिपाही र फालर्वहरु खटाउनु भएन चिफसाव । यसरी सरकारी तलब र राशन खाएर सेनालाई निजी घरमा नोकर बनाएर देशको रक्षा र इमादारीता कहाँ हुन्छ  त लाेकतान्त्रिक सरकार ।

    पूर्णचन्द्र थापा चिफसावले घरकाज हटाउने कोसस त गरे तर अरुले लुकाएर राखेका छन् । आज हामी नयाँ चिफसाव प्रभुराम शर्मालाई स्वागत गर्दै  के भन्न चाहन्छौं भने यदि सिपाही कुन कस्काकोमा र कसरी बसेका छन छानविन र खटाउनेलाई कार्वाही नगरेमा हामी कुन हाकिम, भूपू र मरेका सैनिक अधिकृतहरुको आफन्त र अन्य काज खटिएका छन नाम सहित चिफसावकोमा वा यही गुनासो साँघुमार्फत सार्वजनिक गर्नेछौं ।

    यो कुरा जजसले गरेका छन तुरुन्त सिपाही र नियम विपरीत पठाएका सिपाहीलाई फिर्ता ल्याइयोस् । यो कुरा चिफसावलाई थाहा नहोला तर हामीलाई थाहा छ । किनकि आज सेनामा ४/५ हजार सिपाही र फालोर्सहरु  आफ्नाे मानाे खाएर निजी घरहरूमा काजमा कार्यरत छन ।

    अनि भूतपूर्व जर्नेल, कर्नेलहरूकाे घरमा सवारी चालक, भान्से खटाउने नियम छ कि छैन ? याे कुरा सबै सार्वजनिक हाेस् ।  कति दु:ख र स्वार्थी छ यो सेनाभित्रका हाकिमहरूकाे ज्यादति । सिपाहीलाई फसाएर जेल हाल्ने हाकिम, कानून मिच्ने अधिकृत सजाय भोग्ने सिपाही । खै सेनामा लोकतन्त्र ? हाकिमलाई सुविधैसुविधा सिपाहीलाई दुखैदुख । हाम्राे पीडा सुन्ने काे छ ? नागरिककाे प्रतिनिधित्व गर्ने रक्षा मन्त्रालय त सेनाका लागि रबर स्ट्याम्प बराबर छ ।

    त्यही भएर सेनामा तल्लो दर्जा सैनिक भन्छन बरु द्वन्द्वकालमा ठीक रे किनकि अधिकृतले सिपाहीलाई तँ नभनेर  तिमी र नरम स्वरले वोलाउने, माया गर्ने गर्थे  । नत्र अधिकृतलाई सिपाही कै डर । अनि फ्युलको नियम बनाएर लागू भएको खै चिफसाव ?

    हाकिमले गाडी गुडेको भरमा फ्युल पाउने रे विहान बच्चालाई स्कूल, अफिस, दिउँसो श्रीमतीलाई ब्युटिपार्लर, आफन्त र सपिङ्ग, फेरि स्कूल बेलुका श्रीमती अनि हाकिमलाई घर । सरकारी गाडी कस्का लागि दिएको चिफसाव ? यो सब नेपाल सरकारले विचार गर्नु पर्ने हो कि सुरक्षा निकायमा खै परिवर्तन र सुधार ?

    यस्ता धेरै बेथिती र खराव प्रवृत्ति छन र धेरै पत्रिकाहरुमा पनि आए तर कसेको आँखा परेन तर हामीलाई आशा छ कि हालका चिफसाव यी कुरालाई अलिक गम्भीर र नियमकानून मान्ने व्यवहार,  शैलीको भएको कारण केही सुधार र विनास्वार्थ  ज्यादतिलाई निर्मूल पार्ने अपेक्षा राख्दछौं । प्रभुराम शर्मा चिफसाबकाे ३ वर्षे कार्यकाल सफल रहाेस् भनी शुभकामना पनि दिन चाहन्छाैं । सलाम । सदा भलो चाहने सैनिकहरु(साँघु साप्ताहिक)

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको