Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • कर्पोरेट
  • नेपाल बंगलादेश क्यापिटल लिमिटेड र तेह्रथुम...

नेपाल बंगलादेश क्यापिटल लिमिटेड र तेह्रथुम पावर कम्पनीबिच सम्झौता

नेपाल बंगलादेश क्यापिटल लिमिटेड र तेह्रथुम पावर कम्पनीबिच सम्झौता

images
images
  • 253
    SHARES
  • images
    नेपाल बंगलादेश क्यापिटल लिमिटेड र तेह्रथुम पावर कम्पनीबिच सम्झौता
    images
    images

    काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको निमित्त शेयर रजिष्ट्रारको रुपमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड चयन भएको छ ।जसमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड तथा तेह्रथुम पावर कम्पनी लिमिटेड यही भदौ ३१ गते बिहीबारको दिन द्विपक्षीय सम्झौता भएको छ ।

    images

    उक्त सम्झौतामा तेह्रथुम पावर कम्पनी लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक मोहन कुमार डांगी र नेपाल बंगलादेश क्यापिटल लिमिटेडको तर्फबाट नायव महाप्रबन्धक राम कुमार महतले हस्ताक्षर गरेका हुुन । 

    हाल तेह्रथुम पावर कम्पनी लिमिटेडको प्राथमिक शेयर निष्काशन कार्य सम्पन्न भई कम्पनीको चुक्ता पूंजी ४० करोड पूर्ण भैसकेको अवस्था रहेको छ । चुक्ता पूंजी ४० करोड मध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकहरुबाट र बांकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरु समेत) नेपाली नागरिकहरुबाट कम्पनीको पूंजी उठाईएको छ ।

    अव चांडो भन्दा चांडो नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण र सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा अभौतिकिकरण गरी दोश्रो बजारमा कारोवार हुने व्यवस्था मिलाइनेछ । 

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको