Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • शेयर
  • किन निरन्तर शेयर बजारमा गिराउट ?...

शेयर बजार :

किन निरन्तर शेयर बजारमा गिराउट ? यस्तो छ कारण

किन निरन्तर शेयर बजारमा गिराउट ? यस्तो छ कारण

images
images
  • 1.5K
    SHARES
  • images
    किन निरन्तर शेयर बजारमा गिराउट ? यस्तो छ कारण
    images
    images

    काठमाडौँ l ११४ दशमलव ०२ अंक अर्थात् ४ दशमलव ०५ प्रतिशतको पहिरोका साथ सोमवार नेप्से परिसूचक २ हजार ६९८ दशमलव २४ विन्दुमा झर्दा कूल ८ अर्ब ४९ करोड ३४ लाख १ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

    images

    नेप्से परिसूचकमा पहिरो जाँदा पनि कारोबारको रकम ८ अर्बभन्दा बढी हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सर्वसाधारण प्यानिक हुँदै अर्थात् तर्सेर आफ्नो लगानी सुरक्षित गर्न सस्तोमा बेच्दैछन् भने ठूला लगानीकर्ता मौकाको फाइदा उठाउँदै कम मूल्यमा सर्वसाधारणको शेयर उठाउँदै छन् ।

    बजारमा बंैक तथा वित्तीय संस्थामा लगानीयोग्य रकमको अभावका कारण शेयर बजारमा गिरावट भएको भनिरहँदा कारोबारको रकमले यस्तो तथ्यमा ठूलो लगानीकर्ताको चलखेल देखाइरहेको छ ।

    बैंकहरुले आकर्षक ब्याजदर दिन थालेपछि सर्वसाधारण शेयर कारोबारभन्दा पनि बैंकको ब्याजमा आकर्षित भएको देखिएको छ ।

    सोमवार प्रतिनिधि सभामा नेमकिपाका सांसद प्रेम सुवालले शेयर बजारको दोस्रो बजारमा ७०० जना शेयरकर्ताले भाउ बढाउने कि कम गर्ने भन्ने भन्ने चलखेल चलिरहेको र १०० जनाले मात्र फाइदा लुटिरहेको अभिव्यक्ति दिइरहँदा सर्वसाधारण बेच्न हतारिँदै थिए भने ठूूला लगानीकर्ता सस्तोमा शेयर किनिरहेका थिए ।

    सोमवार २ हजार ८१७ दशमलव ९८ विन्दुबाट सुरू भएको बजार ११४ दशमलव ०२ अंक अर्थात् ४ दशमलव ०५ प्रतिशतले घटेको थियो । सोमवार कूल २२५ वटा कम्पनीको १ लाख ७ हजार ५५६ वटा कारोबारबाट १ करोड ७३ लाख ३० हजार ५३८ कित्ता शेयर खरिदबिक्री भएको छ ।

    सोमवार कारोबारमा आएका १३ वटै समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको थियो । सबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले गुमाएका छन् । यस दिन वित्त समूहको परिसूचक सर्वाधिक ८ दशमलव ५६ प्रतिशतले घटेको छ ।

    विकास बैंक समूहको परिसूचक ६ दशमलव ३५ प्रतिशत र जलविद्युत् समूहको परिसूचक ६ दशमलव ८ प्रतिशतले घटेको छ ।

    बैंकिङ समूहको परिसूचक २ दशमलव ७ प्रतिशत, व्यापार समूहको ४ दशमलव ८ प्रतिशत, होटल एन्ड टुरिजम समूहको ४ दशमलव ७२ प्रतिशत, निर्जीवन बिमा समूहको ४ दशमलव ८४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ३९ प्रतिशतले घटेको छ ।

    अन्य समूहको ३ दशमलव ८७ प्रतिशत, माइक्रोफाइनान्स समूहको ३ दशमलव ०७ प्रतिशत, जीवन बिमा समूहको परिसूचक ५ दशमलव ०७ प्रतिशत, म्युचुअल फन्ड समूहको ३ दशमलव ०८ प्रतिशत र लगानी समूहको परिसूचक ५ दशमलव ३९ प्रतिशत घटेको छ ।

    कारोबार रकमका आधारमा सोमवार अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४० करोड ६५ लाख ३१ हजारको शेयर खरिदबिक्री भएको छ । कम्पनीको अन्तिम शेयर मूल्य ६०१ कायम भएको छ ।

    कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा हिमालयन डिस्टिलरी रहेको छ । सो कम्पनीको प्रतिकित्ता ६ हजार ६४५ रुपैयाँमा २२ करोड ५५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

    सोमवार मनकामना स्मार्ट लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ९ दशमलव ९९ प्रतिशतले बढेर अन्तिम शेयर मूल्य ९८९ दशमलव ८० कायम भएको छ ।

    गुडविल फाइनान्स, पोखरा फाइनान्स, आईसीएफसी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, घलेम्दी हाइड्रो, हिमालयन ऊर्जा विकास कम्पनी र युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबारको तुलनामा १० प्रतिशतले घटेको छ ।

    सिंगटी हाइड्रो इनर्जी, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनरको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले घटेको छ ।

    असोज १ गतेदेखि लागू हुने गरी बैंकहरुले ब्याजदर बढाइसकेका र ब्याजदर अझै बढ्ने अनुमान गरिएपछि खासगरी सर्वसाधारण हतोत्साही भएको देखिएको छ । बैंकहरुले आकर्षक ब्याजदर दिन थालेपछि सर्वसाधारण शेयर कारोबारभन्दा पनि बैंकको ब्याजमा आकर्षित भएका देखिएको छ ।

    कोरोना महामारीका कारण गत साउन महिनासम्म बैंक तथा वित्तीय संस्थाहरुमा पर्याप्त तरलता रहेको थियो तर भदौदेखि लकडाउन खुकुुलो हुन थालेपछि तरलताको अभाव हुँदै ऋणको माग बढ्न थालेको थियो । बैंक तथा वित्तीय संस्थामा अहिले २० अर्ब रुपैयाँ मात्रै तरलता रहेको देखिएपछि बैंकहरुले बढी ब्याज दिँदै निक्षेप संकलन गर्न थालेका छन् ।

    बजारमा तरलताको अभाव हुँदा जसले शेयर होल्ड गर्न सक्छ, उसले नै फाइदा उठाउने भएकाले ठूला लगानीकर्ताहरुले शेयर बजार होल्ड गर्न थालेका छन् । सर्वसाधारण डराउँदै बेच्दै जाँदा नेप्से २५ सय अंकसम्म झरी पुनः ठूला लगानीकर्ताले तिहारपछि बेच्दै गई नाफा कमाउन सक्ने आकलन गरिएको छ । आजको राजधानी दैनिकमा खबर छ ।

    images
  • सम्बन्धित विषय:

  • # शेयर बजार
  • # share market
  • # share news

  • ३ घुम्ती

    सम्बन्धित समाचार
    धेरै पढिएको