Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • राजनीति
  • झाँक्रीको बढुवा, कसलाई कुन पद मिल्यो...

झाँक्रीको बढुवा, कसलाई कुन पद मिल्यो नेकपा एकीकृत समाजवादीमा ?

झाँक्रीको बढुवा, कसलाई कुन पद मिल्यो नेकपा एकीकृत समाजवादीमा ?

images
images
  • 3.7K
    SHARES
  • images
    झाँक्रीको बढुवा, कसलाई कुन पद मिल्यो नेकपा एकीकृत समाजवादीमा ?
    images
    images

    काठमाडौँ l नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आफ्नो पदाधिकारीहरु टुंग्याएको छ। पार्टीको बिहीबार बिहान भएको सचिवालय बैठकले पदाधिकारी टुंग्याएको हो।

    images

    जसअनुसार अध्यक्षमा माधवकुमार नेपाल र वरिष्ठ नेतामा झलनाथ खनाल रहँदा पार्टीको उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल रहेका छन्। पार्टी महासचिवमा डा बेदुराम भुसाल निश्चित भएको पार्टीका एक स्थायी समिति सदस्यले जानकारी दिए।

    उनका अनुसार पार्टीको उपमहासचिवहरुमा डा विजय पौडेल, डागंगालाल तुलाधर र प्रकाश ज्वाला रहनेछन् । पार्टीका केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी र केशवलाल श्रेष्ठ सचिव चुनिएका छन्।

    पार्टी पदाधिकारी चयनसँगै अन्य जिम्मेवारी टुंग्याउन पार्टीको केन्द्रीय कमिटीको बैठक बिहीबार पनि बस्दै छ।

    नेकपा एमालेबाट विभाजित भएर गएकाे भाद्र २ गते माधवकुमार नेपालकाे नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भएकाे थियाे।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको