Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

तास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

तास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

images
images
  • 771
    SHARES
  • images
    तास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
    images
    images

    काठमाडौँ l काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ हरहमहादेव बस्ने ५५ वर्षीय कमल दाहालको घरमा तास खेलिरहेको अवस्थामा हरहरमहादेव बस्ने दोलखा बैतेश्वर गाउँपालिका–५ घर भएका ३४ वर्षीय मनि कुमार दाहाल समेत १३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १८ लाख ७५ हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । 

    दाङको घोराही उपमहानगरपालिका–१४ पुरानो बसपार्कस्थित सटरमा पारसर भण्डारीले संचालन गरेको नास्ता तथा खाजा होटलमा तास खेलिरहेको अवस्थामा भण्डारी सहित १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    उनको होटलमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ३५ हजार रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

    images
  • सम्बन्धित विषय:

  • # तास खेलिरहेको अवस्था

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको