Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • रोजगार
  • कोरोनाले ६ लाख नेपालीको रोजगारी खोस्यो,...

कोरोनाले ६ लाख नेपालीको रोजगारी खोस्यो, कुन देशबाट कति नेपाली फर्किए ?

कोरोनाले ६ लाख नेपालीको रोजगारी खोस्यो, कुन देशबाट कति नेपाली फर्किए ?

images
images
  • आश्विन ८, २०७८ शुक्रवार ०७:४२ बजे
  • 855
    SHARES
  • images
    कोरोनाले ६ लाख नेपालीको रोजगारी खोस्यो, कुन देशबाट कति नेपाली फर्किए ?
    images
    images

    काठमाडौं । कोरोनाका कारण विदेशमा रोजगारी गुमाएर करीब ६ लाख नेपाली स्वदेश फर्किएको तथ्यांक आएको छ।  कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार कोरोनाका कारण रोजगारी गुमाएर ६१ देशबाट ५ लाख ९० हजार ३ सय नेपाली स्वदेश फर्किएका हुन् ।

    images

    तीमध्ये खाडीका देश र मलेसियाबाट फर्कनेको संख्या बढी छ। कोरोना महामारी फैलिएसँगै २०७७ जेठ यता यूएईबाट मात्रै १ लाख ६३ हजार नेपाली स्वदेश फर्किएका छन् ।

    त्यस्तै कतारबाट १ लाख ४९ हजार स्वदेश फर्किएको केन्द्रले जनाएको छ । यही अबधीमा, मलेसियाबाट ६२ हजार, साउदीबाट ५७ हजार, भारतबाट ४६ हजार ७ सय, टर्कीबाट २२ हजार  र कुवेतबाट ३१ हजार नेपाली फर्किएको केन्द्रले जनाएको छ।

     

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको