Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • रोजगार
  • विदेशबाट दसैंमा घर आउदै हुनुहुन्छ ?...

विदेशबाट दसैंमा घर आउदै हुनुहुन्छ ? यसो गर्नुस् !

विदेशबाट दसैंमा घर आउदै हुनुहुन्छ ? यसो गर्नुस् !

images
images
  • आश्विन ९, २०७८ शनिवार ०७:३७ बजे
  • 589
    SHARES
  • images
    विदेशबाट दसैंमा घर आउदै हुनुहुन्छ ? यसो गर्नुस्  !
    images
    images

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं सहितका मुख्य चाडलाई लक्षित गरी विदेशबाट नेपाल आउने व्यक्तिको कोरोना, एन्टिजेन, परीक्षण गर्न आग्रह गरेको छ। 

    images

    मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै प्रदेशका सामाजिक विकास एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, देशभरका सबै हेल्थ डेस्क, नगर तथा गाउँपालिका, स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयलाई पत्र लेख्दै सीमा नाका वा समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था गर्न भनेको हो। 

    कोभिड १९ महामारीको वर्तमान सन्दर्भमा जोखिम कायमै रहेको र चाडपर्वहरुलाई समेत मध्यनजर गर्दै विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको सके सम्म सीमा नाकाका हेल्थ डेस्कहरु मै एन्टिजेन परीक्षण गर्न भनिएको छ। 

    यस्तै, सीमा नाकाका हेल्थ डेस्कमा छुटेकाहरुको समुदायमा तथा देश भित्रकै उच्च जोखिम क्षेत्रहरुबाट आएका यात्रुहरुको पनि समुदायमा एन्टिजेन परीक्षणको व्यवस्था मिलाउन पनि पत्रमा भनिएको छ। 

     

    images
  • सम्बन्धित विषय:

  • # दसैंमा घर

  • सम्बन्धित समाचार
    धेरै पढिएको