Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • पर्यटन
  • प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर खुलेसँगै, मुस्ताङ्ग...

प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर खुलेसँगै, मुस्ताङ्ग चलायमान बन्दै

प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर खुलेसँगै, मुस्ताङ्ग चलायमान बन्दै

images
images
  • आश्विन १०, २०७८ आइतवार ०८:०६ बजे
  • 995
    SHARES
  • images
    प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर खुलेसँगै, मुस्ताङ्ग चलायमान बन्दै
    images
    images

    काठमाडौं ।  मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुलेको छ ।  मन्दिर गत वैशाख महिनादेखि बन्द गरिइएको थियो ।  मुक्तिनाथ विकास समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले मापदण्ड तोकेर बाहिरी जिल्लाका तीर्थयात्री र भक्तजनका लागि मुक्तिनाथ मन्दिरमा पूजाआजा खुलाइएको जानकारी दिए ।

    images

    स्वदेशी दर्शनार्थीका लागि लागि पिसीआर, एन्टिजेन परीक्षणको रिपोर्ट वा कोरोनाविरुद्धको खोप लगाएकोमध्ये कुनै एक प्रमाण पेश गर्नु पर्नेछ । विदेशीका लागि भने सात दिनभित्रको पिसीआर रिपोर्ट अनिवार्य गरिएको छ ।

    बडादशैँको सोह्रश्रद्धामा कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजनको भिड लाग्ने गर्छ ।  

    निषेधाज्ञा र मुक्तिनाथ खुलेसँगै निषेधाज्ञाले थला परेको मुस्ताङका होटल र पर्यटन व्यवसाय चलायमान, जनजीवन सहज र विकास निर्माणले गति लिने अपेक्षा गरिएको छ । मुक्तिनाथ र पर्यटकीयस्थल खुलाएपछि सडक र हवाईमार्ग भएर मुस्ताङ जानेहरुको चहलपहल पनि बढ्न थालेको छ । 

    समुद्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा रहेको मुक्तिनाथलाई हिन्दू तथा बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थल मानिन्छ । 

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको