Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

उत्तर कोरियाको लगातार मिसाईल परीक्षण, अमेरिकाको टाउको दुखाई

उत्तर कोरियाको लगातार मिसाईल परीक्षण, अमेरिकाको टाउको दुखाई

images
images
  • आश्विन १५, २०७८ शुक्रवार १०:१७ बजे
  • 673
    SHARES
  • images
    उत्तर कोरियाको लगातार मिसाईल परीक्षण, अमेरिकाको टाउको दुखाई
    images
    images

    काठमाडौं । उत्तर कोरियाले फेरि अर्को एन्टी–एयरक्राफ्ट मिसाइल परीक्षण गरेको छ । एक महिनाको अवधिमा उत्तर कोरियाले गरको यो चौथो मिसाइल परीक्षण हो ।

    images

    हिजो परीक्षण गरिएको मिसाइलमा दुई वटा राडर कन्ट्रोल र अन्य नयाँ प्रविधिहरु रहेको उत्तर कोरियाली समाचार एजेञ्सी केसीएनएले जनाएको छ । यो परीक्षणलाई पनि उसले देशको सुरक्षाका लागि अत्यावश्यक र महत्वपूर्ण भनेको छ ।

    केही दिन अघि उसले हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो । उता, अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले उत्तर कोरियाको निरन्तर मिसाइल परीक्षणले क्षेत्रीय सुरक्षामा अस्थिरता बढाएको बताउनुभएको छ ।

    राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि प्रकारको मिसाइल परीक्षण तथा आणविक प्रविधि प्रयोगमा प्रतिबन्ध लगाए पनि उसले त्यसलाई लत्याउँदै परीक्षण र प्रक्षेपणलाई निरन्तरता दिंदै आएको छ ।

     

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको