Logo

२०७८, माघ ६ गते बिहिवार

images
images
  • समाचार
  • सेनामा बेथिती : उपरथीकी छोरी–बुहारीलाई लागेन...

सेनामा बेथिती : उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम

सेनामा बेथिती : उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम

images
images
  • 106.2K
    SHARES
  • images
    सेनामा बेथिती : उपरथीकी छोरी–बुहारीलाई लागेन सैनिक नियम
    images
    images

    कल्याणकारी कोष सेनाका प्रधानसेनापति र उनको कोटरीका लागि ‘कमाउने कामधेनु गाई’ भन्ने चर्चा सेनाभित्र हुन्छ । त्यस्तै एउटा ‘कामधेनु गाई’ विगतदेखि नै विद्यालय समेत बनेका छन् । 

    images

    विद्यालयमा सुधारभन्दा ‘आफू कमाऊ, जंगी अड्डामा समेतको चित्त बुझाऊ’ रणनीति अंगीकार नगरे कतिबेला कारबाहीको डण्डा बर्सने हो थाहा हुँदैन ।

    यस्तै भयो, महासेनानी भूपालमान अधिकारीलाई पनि । उनले हिसाब मिलाउने खेला नजान्दा बर्खास्तमा परे । कोर्ट अफ इन्क्वाइरी र सैनिक अदालतले भ्रष्टाचारको अन्तर्य खोजबिन गर्नुभन्दा मसे अधिकारीसहितलाई चाँडोभन्दा चाँडो कारबाही गर्ने रणनीति बनायो ।

    हाल, यो मुद्दा सैनिक अदालतमा पुनरावेदन मार्फत सुनवाइका क्रममा छ । 

    सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार ९ जेठ २०७७ मा बसेको समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय, भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसूर गरेको अभियोगमा दोषी ठहरिएको आरोप ठहर गर्दै तीन जना सैनिक अधिकृत तथा २९ जना अन्य दर्जाहरुलाई सैनिक ऐन २०६३ बमोजिम कारबाही गरेको थियो । 

    महाविद्यालय भक्तपुरमा आर्थिक अनियमितता भएको भन्ने सम्बन्धमा सत्यतथ्य छानबिन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोडले २३ फागुन २०७६ मा दिएको राय सहितको प्रतिवेदनको आधारमा तत्कालीन सम्पर्क अधिकृत महासेनानी अधिकारी सहित १८ जनाको मुद्दा पुर्पक्ष गर्न उपरथीको अध्यक्षतामा ६ चैत २०७६ मा गठित समरी जनरल सैनिक अदालतबाट कारबाही भएको थियो । 

    यसबीच मसे अधिकारी सहित अन्य सैनिक अधिकृतलाई करिब ६ महिना गणेश दलमा थुनामा राखिएको थियो । 

    मसे अधिकारीले दुई महिना कैद गर्ने र भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने साथै उनले गैरकानूनी रुपमा आर्थिक उपार्जन गरी लिएर खाएको ठहरिन आएको बिगो रकम एक करोड पचासी लाख चालीस हजार एक सय आठ रुपैयाँ एघार पैसा असुल उपर गर्ने फैसला भएको थियो ।

    यस्तै प्रमुख सेनानी देवबहादुर क्षेत्रीको दुई वर्ष बढुवा रोक्का गर्ने र उनीबाट रकम चार लाख चालीस हजार रुपैयाँ असुल उपर गर्ने र हुद्दा यज्ञराज पोखरेलाई सेवाबाट हटाउने र  तीन लाख साठी हजार रुपैयाँ असुल उपर गर्ने, हुद्दा गणेश बहादुर अधिकारीको दुई वर्ष तलव वृटि रोक्का गर्नुका साथै उनले हिनामिना गरेको रकम दश हजार रुपैयाँ असुल उपर गर्ने फैसला अदालतले गरेको थियो ।

    यस्तै लेखाका आर्थिक सह–सेनानी सुरेन्द्र विक्रम भण्डारीले आर्थिक कार्यहरु गर्दा कानूनी प्रक्रिया अवलम्बन नगरी नगराएको ठहर भएकोले नसिहत दिने र यही मुद्दामा अन्य १३ जनाले अभियोग मागदाबीबाट सफाई पाउने ठहर फैसला अदालतले गरेको थियो । 
    स्रोत: पर्दाफास डटकम

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको