Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

कपिलवस्तुमा झाडापखालाको प्रकोप, बिरामी बढ्दै जाँदा उपचारकालागि बेड अभाव

कपिलवस्तुमा झाडापखालाको प्रकोप, बिरामी बढ्दै जाँदा उपचारकालागि बेड अभाव

images
images
  • आश्विन २०, २०७८ बुधवार ०८:१२ बजे
  • 638
    SHARES
  • images
    कपिलवस्तुमा झाडापखालाको प्रकोप, बिरामी बढ्दै जाँदा उपचारकालागि बेड अभाव
    images
    images

    काठमाडौं । कपिलवस्तुमा झाडापखाला फैलिदा सयौं मानिस विरामी परेका छन् । दुई जनाको मृत्यु भएको छ । झाडापखालाका कारण कृष्णनगर ९ का ५ वर्षिय राज कश्यप र कृष्णनगर ८ का ४० वर्षिय रामप्रसाद केबटको मृत्यु भएको हो ।

    images

    कृष्णनगर नगरपालिकाका तीन वटा वडामा झाडापखाला फैलिएको छ । त्यहा डेढ सयबढी बिरामी परेका छन् ।  बहादुरगन्जमा रहेको शिवराज अस्पतालमा अहिले ९६ जना बिरामीको उपचार भइरहेको छ ।

    गम्भीर बिरामीमध्ये २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तौलिहवा र प्रादेशिक अस्पताल लुम्बिनी रिफर गरिएको छ । १३ जनालाई जिल्ला अस्पताल तौलिहवामा र सात जनालाई लुम्बिनीमा रिफर गरिएको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले बताए ।

    बिरामीको उपचारका लागि बेड अभाव भएको छ ।  कतिपय बिरामीको गाउँका निजी क्लिनिकमा उपचार भइरहेको छ । एउटै बेडमा दुई तीन जना बिरामीलाई राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको डाक्टर चौधरीले बताए । शिवराज अस्पताल छेउमै रहेको स्कुलको कोठा तथा टेन्टमा समेत बेडको व्यवस्था गरिएको छ ।

    झाडापखाला कसरी फैलियो भन्नेबारेमा अध्ययन भइरहेको र अहिलेसम्म रिपोर्ट प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

     

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको