Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

७६४ मा कोरोना संक्रमण, १,०३३ जना निको, १० को मृत्यु

७६४ मा कोरोना संक्रमण, १,०३३ जना निको, १० को मृत्यु

images
images
  • 547
    SHARES
  • images
    ७६४ मा कोरोना संक्रमण, १,०३३ जना निको, १० को मृत्यु
    images
    images

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९,४६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १,२२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३,७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १,०३३ जना निको भएका छन् ।

    शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ९९७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ भने ७ लाख ७४ हजार १७३ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार ६१४ जना छन् । जसमध्ये १४ हजार ७२८ जना होम आइसोलेसनमा रहेका छन् भने १,१५३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ३१३ जना आईसीयू र ११३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    यस्तै २४१ जना क्वारेन्टिनमा छन् । यस्तै १० वर्ष मुनिका २० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५० जना कोरोना संक्रमित थपिएका छन् ।

    images
  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको