Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

अफगानिस्तानको मस्जिदमा आत्मघाती विष्फोट, ५० जनाको मृत्यु सयौं घाइते

अफगानिस्तानको मस्जिदमा आत्मघाती विष्फोट, ५० जनाको मृत्यु सयौं घाइते

images
images
  • आश्विन २३, २०७८ शनिवार ०८:०४ बजे
  • 498
    SHARES
  • images
    अफगानिस्तानको मस्जिदमा आत्मघाती विष्फोट, ५० जनाको मृत्यु सयौं घाइते
    images
    images

    काठमाडौं । अफगानिस्तानको एक मस्जिदमा भएको आत्मघाती बिस्फोटमा परी कम्तिमा ५० जनाको मृत्यु भएको छ । घटनामा एक सय बढी घाइते भएका छन् ।

    images

    कुन्दुज शहरस्थित मस्दिजमा प्रार्थनाका क्रममा प्रवेश गरेका एक ब्यक्तिले आत्मघाती बिस्फोट गराएको बताइएको छ । मारिनेहरु शिया समुदायका मानिसहरु रहेको बताइएको छ ।  अफगानिस्तानमा सक्रिय आइएस–के ले घटनाको जिम्मेवारी लिएको छ ।

    घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । अफगानिस्तानमा तालिवानको सत्ता कब्जा विरुद्ध सक्रिय आइएस र सुन्नी कट्टरपन्थीहरुको योजनामा विष्फोट गराइएको अनुमान गरिएको छ ।

    सुन्नी चरमपन्थीहरुले उनीहरुलाई पाखण्डी भन्ने गर्दछन् । सो समूहले हालै अफगानिस्तानका पूर्वी भागका धेरै ठाउँमा बम विष्फोट गराईसकेको बीबीसीले जनाएको छ ।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको