Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

परियारको पिउन सुरु गरेपछिको भिडियो रिलिज

परियारको पिउन सुरु गरेपछिको भिडियो रिलिज

images
images
  • 519
    SHARES
  • images
    परियारको पिउन सुरु गरेपछिको भिडियो रिलिज
    images
    images

    काठमाडौँ l “पिउँदिन भन्दा भन्दै पिलायो साथीले “ को अपार सफलता पछि शिव परियारको गायनमा पिउने र पिलाउने  श्रङ्खलाको फेरी अर्को गित “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोलको गीत इम्प्रेसन्स इन्टरटेनमेन्टले बजारमा ल्याएको छ ।

    images

    डेलिस ओपेरा बालुवाटारमा एक कार्यक्रमकाबिच काठमाडौँको प्रहरी प्रमुख अशोक सिंहको प्रमुख आतिथ्यमा उक्त गीतको म्युजिक भिडियो मिडिया हबको च्यानलमार्फत रिलिज भएको छ । आफ्नो व्यस्तताकाबिच उपस्थित हुनुभएका काठमाडौँ प्रहरी प्रमुख अशोक सिंहले कार्यक्रममा सहभागी भएकोमा खुसी व्यक्त गर्दै गायक शिव परियार, निर्माता राजु ढुंगेल लगायत सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभएको थियो ।

    कार्यक्रमको दौरान गायक शिव परियारले पनि गित बनाउँदाको रमाइलो पल सम्झिनुका साथै पुष्प खड्कासंग फेरी काम गर्दाको खुसी व्यक्त गर्नुभएको थियो ।  साथै,  शंकर अधिकारीले गितको प्रसंसा गर्दै नायक, नायिका अनि सम्पूर्ण टिमको प्रसंसा गरेका थिए र नायक पुष्प खड्काले रबिन स्वप्निल गिरीको स्मरण गर्दै सम्पूर्ण टिम अनि नेपालीमा दशैंको शुभकामना व्यक्त गर्नुभएको थियो ।

    मनोरञ्जन उद्योगका सिद्धहस्त नृत्य निर्देशकक विराजग हतराज र छायाँकार हरि हुमागाईको संलग्नतामा अत्यन्त भब्यताका साथ क्लब प्ल्याटिनममा यस गितको छायाङ्कन सम्पन्न भएको थियो । रबिन स्वप्निल गिरीको शब्द तथा दीपकराज विश्वकर्माको संगीत रहेको यस गीतमा नेपाली चलचित्रका लोकप्रिय नायक, पुष्प खड्काका साथमा टिकटक स्टार्स, अन्जली लुइंटेल र आलिया अधिकारीको धमाकेदार डेब्यु प्रस्तुति रहेको छ । 

    मिडियाहब प्रा। लि। बाट पहिलो म्युजिक भिडियोकोरूपमा घटस्थापनाका दिन, रिलिज गरिएको यो गितले यसपालिको चाडबाडलाई अझ रोमाञ्चक बनाउने निश्चित छ । 

    images
  • सम्बन्धित विषय:

  • # पिउन सुरु गरेपछि
  • # शिव परियार

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको