Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • बजार
  • कोका–कोलाले फ्रन्टलाइन हिरोजहरुलाई “धन्यवाद”ज्ञापन गर्न अन–ग्राउन...

कोका–कोलाले फ्रन्टलाइन हिरोजहरुलाई “धन्यवाद”ज्ञापन गर्न अन–ग्राउन एक्टिभेसन

कोका–कोलाले फ्रन्टलाइन हिरोजहरुलाई “धन्यवाद”ज्ञापन गर्न अन–ग्राउन एक्टिभेसन

images
images
  • 547
    SHARES
  • images
    कोका–कोलाले फ्रन्टलाइन हिरोजहरुलाई “धन्यवाद”ज्ञापन गर्न अन–ग्राउन एक्टिभेसन
    images
    images

    काठमाडौँ l सबै भन्दा लोकप्रिय पेय पदार्थ कोका–कोलाले सबै प्रियजनहरु प्रति कृतज्ञता प्रदानगर्ने थिमका साथहालै दशैँ अभियानको लन्च गरेको छ । “धन्यवाद” शीर्षक रहेको यस अभियानको मुख्य आशय भनेको महामारीको कठिन समयमा हाम्रा लागि साथीको रुपमा सथै सहयात्री रहेका उपभोक्ताहरुलाई एउटा कोकको बोटलको मार्फत धन्यवाद ज्ञापन गर्नु हो ।

    images

    प्रहरी र थुप्रै गैर–सरकारी संस्थाहरुले नेपालमा कोभिड–१९ विरुद्धको लडाईमा आफ्नो महत्वपूर्ण भूमिका निर्वाह गरेकाछन् । दशैंँ अभियानको एक हिस्साकोरूपमा, कोका–कोलाले स्वास्थ्य सेवा क्षेत्र, ट्राफिक जस्ता विभिन्न क्षेत्रका अग्रणी योद्धाहरुलाई समर्पित गरेर यसको अन–ग्राउन्ड एक्टिभेसन शुरू गरेको छ ।

    यसको मुख्य उद्येश्य भनेको फ्रन्टलाइन नायकहरुलाई उनीहरुले प्रदान गरेको समर्पण र समुदायको लागि दिएको सेवाको लागि कोका–कोलाको तर्फबाट धन्यावाद व्यक्त गर्नु हो । यो कृतज्ञता प्रदान गर्नको लागि कोका–कोलाले अग्रपंक्तिका नायकहरु सँग संलग्न रहेर धन्यवाद उपहार बक्सलाई बढ्दै छ । यसमा नयाँ धन्यवाद लेबल गरिएको व्यक्तिगत कोकको बोतलहरुमा नाम अंकित गरिएको छ र साथै कोका–कोलाको कन्टूर ग्लास पनियसमा समावेश रहेको छ ।

    पहिलो एक्टिभेसनको सफलतापूर्वक आयोजना चार वटा गैर–सरकारी संस्थामा गरिएको थियो । महावीर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविष्कार केन्द्र, देशका युवाहरुको नेतृत्वमा रहेको हामी नेपाल, जनावरलाई उद्धार र वासस्थान प्रदान गर्ने स्नेह केयर र हर्टबिट यसमा रहेका थिए । आगामी दिनहरुमा कोका–कोलाले देशको अग्रणी नायकहरु प्रतिआभार प्रकट गर्नको लागि अस्पताल र ट्राफिक पुलिस सहित धेरै संगठनहरुको भ्रमण गर्नेछ । 

    हामी नेपालका अध्यक्ष सुदन गुरुङले भन्नुभयो , “घर भित्रै सुरक्षित रहेर बसिरहने बेलामा पनि हाम्रो युवाहरुको टीमले साहसी भई स्वयंसेवककोरुपमा अरुलाई सहयोग पुर्याएको छौँ । महामारीको बेलामा, हामीले कोष उठाएका थियाँैं जसको माध्यमबाट हामीले अस्पतालको ओछ्यान, अक्सिजन ट्याङक र कन्सन्ट्रेटर खाँचोमा परेका मानिसहरुलाई प्रदान गर्यौ। कोका–कोला नेपालद्वारा हाम्रो प्रयासलाई स्वीकार गरिएकोमा, म र हामी नेपालको सम्पूर्ण टीम हाम्रो यात्रामाअझ बढि सशक्त र प्रेरित भएको महसुस गर्दछौं । 

    अभियानको बारेमा बोल्दै, कोका–कोला नेपालका कन्ट्री डिरेक्टर श्री आदर्श अवस्थीले भन्नुभयो,“अग्रपंक्तिमा काम गर्र्ने व्यक्तिहरुले महामारीको विगत डेढ बर्षमाहाम्रो समुदायहरुमा अत्यन्तै महत्वपूर्ण भूमिका खेलेका छन् । उनीहरु निडर भई जीवन बचाउन र सामान्य स्थितिलाई कायम राख्न लागि परेकाछन् । हामी उहाँहरुको सराहना गर्दछौं र उनीहरुको निस्वार्थ प्रयासको सलाम गरी महामारीको समयमा उनीहरुको साहसी कार्यहरुको लागि धन्यवाद ज्ञापन गर्दछौँ । हाम्रो यो अन– ग्राउण्ड एक्टिभेसन उनीहरु प्रति कृतज्ञता देखाउन सम्पूर्ण हृदयले समर्पित रहेको छ । 

    images
  • सम्बन्धित विषय:

  • # कोका–कोला
  • # फ्रन्टलाइन हिरोज

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको