Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • प्रवास
  • ‘एनआरएनए’ विवाद : निर्वाचन र महाधिवेशन...

‘एनआरएनए’ विवाद : निर्वाचन र महाधिवेशन स्थगित

‘एनआरएनए’ विवाद : निर्वाचन र महाधिवेशन स्थगित

images
images
  • 568
    SHARES
  • images
    ‘एनआरएनए’ विवाद : निर्वाचन र महाधिवेशन स्थगित
    images
    images

    काठमाडौँ l । विवादका कारण झन जटिल बन्दै गएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ ।

    images

    आइतबार भर्चुअल रुपमा सम्पन्न अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । आगामी अक्टोबर २३–२५ मा संघको दशौं अन्तर्राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुने मिति तय भएको थियो ।

    अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन स्थगित गर्ने निर्णय भएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए । ‘यो बाहेक ६५ प्रतिशत प्रतिनिधि छनोटबारे परराष्ट्रको परिपत्रलाई हामीले स्वीकार गरेनौं । त्यसबारे कानुनविद तथा परराष्ट्रसँग थप परामर्श गर्ने निर्णय गरेका छौं’, उनले भने ।

    अधिवेशनको नयाँ मितिबारे थप निर्णय अर्को साता बस्ने आईसीसीको बैठकले निर्णय गर्ने महासचिव शर्माले बताए । कार्यसमितिको कार्यकाल थप गर्ने सहमति भएको भन्दै उनले भने, ‘६ महिना अवधि थप्नेबारे सहमति भएको छ । यो पनि आईसीसीको बैठकले नै निर्णय गर्नेछ । यी सबै विषयहरुमा आईसीसीमा एकैचोटी टेबुल हुन्छ ।’

    सन् २०१९– २०२१ को कार्यकाल अक्टोवर १८ देखि सकिदै छ । त्यो अगावै आईसीसीको बैठक बसेर महत्वपूर्ण निर्णयहरु गर्ने तयारी संघले थालेको छ । ‘महाधिवेशन सर्ने भनेपछि कार्यकालको समायावधि आफै बढ्यो भन्ने हाम्रो बुझाइ छ । तर यो बारे कानुनविद्हरुसँग परामर्श गर्छ,’ महासचिव शर्माले भने ।

    images
  • सम्बन्धित विषय:

  • # एनआरएनए
  • # ‘एनआरएनए’ विवाद

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको