Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • प्रवास
  • किन रोकियो अचानक एनआरएनएको विश्व सम्मेलन...

किन रोकियो अचानक एनआरएनएको विश्व सम्मेलन ?

किन रोकियो अचानक एनआरएनएको विश्व सम्मेलन ?

images
images
  • आश्विन २५, २०७८ सोमवार १७:१५ बजे
  • 484
    SHARES
  • images
    किन रोकियो अचानक एनआरएनएको विश्व सम्मेलन ?
    images
    images

    काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । 

    images

    एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको भर्चुअल बैठकले २०२१ अक्टोबर २३ देखि २५ मा हुने भनिएको १०औँ अन्तर्राष्ट्रिय महाधिवेशन, निर्वाचन र गैरआवासीय नेपाली विश्व सम्मेलन हाललाई स्थगित गर्ने निर्णय गरेको हो । 

    परराष्ट्र मन्त्रालयको सुझावअनुसार पूर्वनिर्धारित सम्मेलन स्थगित गरिएको एनआरएनएका प्रवक्ता डिबी क्षेत्रीले  विज्ञप्तिमार्फत जनाएका छन् । उनका  अनुसार कानूनविद् र अन्य सम्बन्धितसँग परामर्श गरी यथाशीघ्र  महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय बैठकले गरेको छ । 

    एनआरएनएका अध्यक्ष कुमार पन्तको सभापतित्वमा भएको बैठकमा संस्थाको १०औँ  अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिबारे उत्पन्न विवादका सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट प्राप्त पत्रका सम्बन्धमा छलफल भएको जनाइएको छ ।
     

     एनआरएनएको अध्यक्ष पदका लागि कुल आचार्य, रविना थापा र डा बद्री केसीले प्यानलसहित उम्मेदवारी घोषणा गरिसकेका छन् । 

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको