Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

कर्णेलविरुद्ध आर्मी हेडक्वार्टरमा उजुरी ?

कर्णेलविरुद्ध आर्मी हेडक्वार्टरमा उजुरी ?

images
images
  • 79.6K
    SHARES
  • images
    कर्णेलविरुद्ध आर्मी हेडक्वार्टरमा उजुरी ?
    images
    images

    हाम्रा हाकिम पीडित हामीले केही गुनासाहरु पठाएका छौं कृपया प्रकाशित गरिदिनु हुनेछ । कर्नेल शान्तकुमार कार्कीले सालझण्डी, निजगढ, भरतपुर,पोखरामा कार्यरत रहँदा सैनिक अनुशासनविरुद्ध काम गर्दै महिलाहरुमाथि दुर्व्यवहार समेत गरेको र विभिन्न युनिटमा बस्दा अनियमित काम गरेको सम्बन्धमा हामीले आर्मी हेडक्वार्टरमा उजुरी दिएको जानकारी गराउछौं । उनले गणपति हुँदा झापामा अनुशासहीन काम गरेको आरोप झेले ।

    images

    कामु गुल्मपति र रेञ्जर गण पोखरामा शान्त गणपति हुँदा ठेकेदारसँगको मिलेमतोमा राशनका धेरै आइटमको रकम लिएर नं. १५ बाहिनीका बाहिनीपति जर्नेल अनुपजंग थापासमेतलाई हातमा लिएर चप्काएको उजुरी त्यसबखत कतैबाट सुनवाई भएन । तालिमको अवधिमा जुनियर क्याडेटहरुको बुट, सरकारी कपडा, किताब र पोशाकहरुमा एसिड समेत छर्किंदिएको गुनासो पनि हामीले सुनेकै हौं ।  

    केही समय अघि गोप्य रुपमा कोभिड चेकिङ भनेर सान देखाउने, म सेनाको रेञ्जर गणको हुँ भन्दै थर्काउने काम समेत गरे ।  यी कर्साबले संकटकालको बेला पनि धवलागिरी अञ्चलको एरियामा सर्चमा खटिँदा एस.एम.जी हतियार बाहिर जंगलमा हराएको भन्दै एमआई १७ हेलिकप्टर चढेर पोखरा अवतरण हु“दा निजको साथको हतियार कमाण्डरले चेक गर्दा फेला परेन । त्यतिबेला पनि बचेकै हुन् ।

    दोलखाको बोच गाउँमा कूल पूजाको निहुँमा कोभिडताका कर्णेल शान्त कुमारले गैरसैनिक गतिविधि र भाषण, गोष्ठीसहित २०७८ असार १० गतेको ९ बजेदेखि सोही स्थानमा ३ बजेसम्म भाषण गरेर चर्चित भएकै हुन् । त्यसमा समेत बाहिनीपति अनुपजंग थापाकै पावर देखाएकै थिए र रेञ्जरका गाडी समेत गर्नसम्म दुरुपयोग गरे । त्यतिबेला भाई शान्त र दाई कर्नेल शशीबहादुर कार्कीसमेत दुवै भाईले २/२ वटा गाडीको चरम दुरुपयोग गरेको साक्षी हामी छौं ।

    २०७२ सालमा पनि दोलखामा  पुगेर सेनाको युनिफर्म लगाएरै गैरसैनिक भाषण चलाएकै हुन् । २०७४ सालमा पुसमा मेजर हुँदा बोच गाउ“को ठूलो ठालु मैं हुँ भनि बिना स्वीकृति विना नै भाषण गर्दा चरिकोटका गणपति कर्नेललाई कुनै जानकारी थिएन ।

    २०७५ सालको माघ महिनामा गृह जिल्लाको कृषि बाली चौरमा फेरि नागरिकले झैं भाषण गरे । राहत वितरणको निहु“ले सैनिक पोशाकमै कर्नेल शशीबहादुर कार्की समेत उपस्थित भए ।

     केही महिना अगाडि पूर्व १ नं. निगाले झाँक्री चौर भन्ने स्थानमा करिब २५÷३० रोपनी जग्गा पास गरी लिएको पनि हामीले जानकारी पाएका छौं । लालपूर्जा भने उनको नाम छैन । कर्नेल शशीबहादुर कार्की र शान्तकुमार कार्कीको जर्नेल राजेन्द्रबहादुर कार्कीसँग खुबै निकटता रहेको छ । यिनी दुबै भाई र दाई कर्नेलहरुको हालका संरक्षक पनि जर्नेल राजेन्द्र कार्की हुन् । कर्णेल शान्तकुमार कार्कीबाट पीडित सैनिकहरुले साघुँ साप्ताहिकमा पठाएको पत्र l

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको