Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

मोटरसाईकलकाे नम्बर प्लेट स्पष्ट छैन ? सावधान ! ट्राफिकले पार्ला नि च्याप्पै !

मोटरसाईकलकाे नम्बर प्लेट स्पष्ट छैन ? सावधान ! ट्राफिकले पार्ला नि च्याप्पै !

images
images
  • 1.6K
    SHARES
  • images
    मोटरसाईकलकाे नम्बर प्लेट स्पष्ट छैन ? सावधान ! ट्राफिकले पार्ला नि च्याप्पै  !
    images
    images

    काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको नम्बर प्लेट बिरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाईकल पक्राउ गरेको हो ।

    images

    ट्राफिक प्रहरीले ढाँचा अनुसार नम्बर प्लेट नलेखिएका, स्पष्ट नभएका, खुईलिएका, अनटेस्ट वा अस्थाई नम्बर प्लेट भएका, नम्बर प्लेटको टप बङ्ग्याएका वा नम्बर प्लेट ढाकिएका मोटरसाईकलहरु बिरुद्ध विशेष चेकजाँच अभियान संचालन गरेको महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।

    विशेषगरि नयाँ अनटेस्ट र स्पष्ट नदेखिने नम्बर प्लेट नलेखिका मोटरसाईकलहरुले दुर्घटना गर्दा गाडी नम्बर टिप्न, प्रहरीलाई खबर गर्न समस्या हुने गरेको छ, त्यस्ता मोटरसाइकल फरार हुँदा पक्राउ गर्न र कारबाहीको दायरामा ल्याउन समेत समस्या हुने गरेको एसएसपी भट्टराईले बताए ।

    कतिपय त्यस्ता मोटरसाईकलहरु तिब्रगति र लापरबाहीका साथ चलाउने, ट्राफिक नियम उल्लंघन गर्दै हिड्ने गरेको पाईन्छ भने हराउँदा समेत फेला पार्न सकस हुने गरेको महाशाखाले जनाएको छ । सम्पूर्ण सवारी धनीलाई त्यसमा पनि मोटरसाइकल धनीलाई आफ्नो सवारी साधनको नम्बर प्लेट स्पष्ट राख्न र सवारीको अवस्था समेत सही हालतमा राख्न महाशाखाले अनुरोध गरेको छ ।

    ट्राफिक नियम उल्लङ्घन गरि हिड्ने, दुर्घटना गरि फरार हुने तथा चाडपर्व र भीडभाडको समयमा हुन सक्ने चोरी लुटपाट लगायतका अपराधिक क्रियाकलापलाई रोक्न यस अभियानले महत्वपूर्ण भूमिका निर्वाह गर्ने महाशाखाको बुझाई रहेकाे बताएकाे छ ।

    त्यस्ता तोकिएको ढाँचा बमोजिम नम्बर प्लेट नराख्ने मोटरसाईकललाई ट्राफिक प्रहरीले पाँचसयदेखि पन्ध्रसय रूपैँयासम्म जरिवाना गर्ने व्यवस्था रहेको पनि महाशाखाले जनाएको छ ।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको