Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • समाचार
  • सेनाका रथी हमालले अवकास पाए,राणा रथीमा...

सेनाका रथी हमालले अवकास पाए,राणा रथीमा बढुवा हुंदै

सेनाका रथी हमालले अवकास पाए,राणा रथीमा बढुवा हुंदै

images
images
  • 5.6K
    SHARES
  • images
    सेनाका रथी हमालले अवकास पाए,राणा रथीमा बढुवा हुंदै
    images
    images

    काठमाडौँ l नेपाली सेनाका रथी ईश्वर हमालले अवकास प्राप्त गरेका छन् । ५८ वर्षे उमेर हदका कारण रथी हमालले असोज २५ गते अवकास प्राप्त गरेका हुन् ।

    images

    हमाल युनाइटेड नेशन्स डिस्इन्गेजमेन्ट अब्जरभर फोर्सको हेड अफ द मिसनको रुपमा सिरियामा खटिएका थिए । नेपाली सेनाबाट अवकास भए पनि उनलाई नेपाल सरकारले एक वर्षको निस्सा दिने निर्णय गरिसकेको छ।

    हमालले अवकास पाएसंगै उनको ठाउंमा बढुवाको प्रक्रिया अघि बढीसकेको छ । प्रधानसेनापति प्रभुराम शर्माले यसअघि आफ्नै रिक्त दरबन्दीमा सेनाका उपरथी बालकृष्ण कार्कीको बढुवा प्रक्रिया समेत दरबन्दी रिक्त नहुंदै अघि बढाएका थिए । उनि हाल सेनाको रथीमा बढुवा भइसकेका छन् ।

    हमालको ठाउंमा सैनिक मुख्यालयले वरियतामा एक नम्बरमा रहेका उपरथी सरोज प्रताप राणाको बढुवा अघि बढाएको छ । उनको उमेर र शैक्षिक योग्यताको बारेमा यसअघि उपरथी बढुवाको बेला बिवाद आएको थियो ।

    पछी त्यो प्रमाणित नभएपछि उनको बढुवा अघि बढेको थियो । सैनिक क्याडेटमा भर्ना भएका बेला राणाले सेनामा बुझाएको नागरिकताको विवरण र पछी पेश गरेको विवरण फरक परेपछि विवाद भएको थियो । तर, उनले जिल्ला प्रशासन कार्यालय नवलपरासीबाट नागरिकता प्रमाणित गरेर यसअघि नै सैनिक सचिवको कार्यालयमा बुझाइसकेको स्रोतको दावी छ ।

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको