Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images

एक वर्षमै थपिए ३१ लाख  मोबाइल बैकिङ प्रयोगकर्ता, महामारीले बढायो

एक वर्षमै थपिए ३१ लाख  मोबाइल बैकिङ प्रयोगकर्ता, महामारीले बढायो

images
images
  • 505
    SHARES
  • images
    एक वर्षमै थपिए ३१ लाख  मोबाइल बैकिङ प्रयोगकर्ता, महामारीले बढायो
    images
    images

    काठमाडौँ । महामारीका कारण मोबाइल बैकिङ प्रयोगकर्ता एक वर्षमै ३१ लाखले बढेका छन् ।लकडाउनको बिचमा नै स्कुलको फि, इन्टरनेट तथा बिजुलीको भुक्तानी गर्न बाध्य भएपछि यसले माबोइल बैकिङ प्रयोगकर्ता बढाएको हो ।

    images

    गत वर्षको  साउन मसान्तसम्म १ करोड १४ लाख मोबाइल  बैकिङ प्रयोगकर्ता थिए । जुन यो एक वर्षमा २७ प्रतिशतले बढेर १ करोड ४५ लाख  पुगेका छन् ।

    कोरोना महामारीपछि डिजिटल कारोबार ह्वात्तै बढेको देखिएको छ । महामारीपछि मोबाइल बैकिङसँगै वालेट प्रयोगकर्ताको संख्या पनि भारि मात्रामा बृद्धि भएको छ ।

    गत वर्षको चैतमा एकाएक कोरोना महामारी फैलिन सुरु गरेपछि सरकारले आकस्मिक रुपमा लकडाउनको घोषणा गर्याे ।  व्यवसायिक कारोबार ठप्प जस्तै भयो जसका कारण अर्थतन्त्र ओरालो दिशामा धकेलियो ।

    सडकमा ओहोरदोहर गर्ने मानिसहरु घरमा टेलिभिजन र मोबाइल हेरेर बस्न बाध्य भए । यहि बाध्यताका बिचमा स्कुल तथा कलेजहरुले अनलाइनबाटै पढाई सुरु गरे । जसका लागि इन्टरनेटको बिल मोबाइल बैकिङ तथा वालेटबाट तिर्नुपर्याे ।

    मोबाइलमा ब्यालेन्स र खाद्यान्न खरिदका लागि मोबाइल बैकिङबाट  रकम तिर्नुपरेपछि महामारीले देशलाई डिजिटल कारोबारतर्फ जर्बजस्त रुपमा धकेल्यो । गत वर्षको चैत यता मात्रै मोबाइल बैकिङको कारोबार पटक २० लाख पटकले बढेको छ।

    त्यसैगरि डिजिटल वालेट प्रयोगकर्तापनि ६२ लाख बाट बढेर ९२ लाख पुगे । अर्थात एक वर्षमै वालेट प्रयोगकर्ताको संख्या ३० लाखले  बढेका छन् । गत वर्षको साउनसम्म ५४ लाख कारोबार एटिएमबाट भएकोमा एक वर्षमा यस्तो कारोबार २६ लाखले बढेर ८० लाख पटक पुगेको छ  । सरकारले अर्थतन्त्रलाई डिजिटलमा रुपान्तरण गर्ने भनेपनि कार्ययोजनाको अभावमा अहिले पनि डिजिटल कारोबार सहि रुपमा फस्टाउन नसकेको व्यवसायीको भनाई छ ।

    महामारीले सबथोक डामाडोल पारिरहँदा धेरैलाई डिजिटल कारोबारमा भने अभ्यस्त बनाएको छ । अब सरकारले स्थानिय निकाय देखि केन्द्रसम्मका सबै कार्यालयमा डिजिटल माध्यम मार्फत  रकम भुक्तान गर्ने व्यवस्था मिलाउन सके यसले आमउपभोक्ताको समय मात्रै हैन भ्रष्टाचारलाई समेत नियन्त्रण गर्न सकिन्छ  ।

    images
  • सम्बन्धित विषय:

  • # मोबाइल बैंकिङ

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको