Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • समाचार
  • कुल परीक्षणको ६ प्रतिशत बढीमा सङ्क्रमण...

कुल परीक्षणको ६ प्रतिशत बढीमा सङ्क्रमण , आज ४ जनाको मृत्यु

कुल परीक्षणको ६ प्रतिशत बढीमा सङ्क्रमण , आज ४ जनाको मृत्यु

images
images
  • आश्विन २७, २०७८ बुधवार १७:३८ बजे
  • 722
    SHARES
  • images
    कुल परीक्षणको ६ प्रतिशत बढीमा सङ्क्रमण , आज ४ जनाको मृत्यु
    images
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर तीन सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पाँच हजार पाँच सय ९४ जनाको नमुना परीक्षण गर्दा ६ दशमलव ५२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    images

    यस्तै २४ घण्टामा ६ सय ९ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ७८ हजार तीन सय ५० जना पुगेको छ ।

    यही अवधिमा थप चार जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार दुई सय ६१ पुगेको छ ।

    अहिले १४ हजार दुई सय ६७ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय १५ जनाको आईसीयू र एक सय सात जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    २४ घण्टामा थप दुई हजार दुई सय ७५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा अहिलेसम्म ८३ लाख ८३ हजार आठ सय ८७ जनाले पहिलो मात्रा र ६४ लाख ६८ हजार आठ सय ९० जनाले पूर्ण मात्रा खोप लगाइसकेका छन् ।  

    images
    सम्बन्धित समाचार
    धेरै पढिएको