Logo

२०७८, आश्विन ३१ गते आइतवार

images
images
  • समाचार
  • साफ फुटबल : उपाधिका लागि नेपाल...

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत भिड्ने

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत भिड्ने

images
images
  • 995
    SHARES
  • images
    साफ फुटबल : उपाधिका लागि नेपाल र भारत भिड्ने
    images
    images

    काठमाडौँ l साफ फुटबलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । भारत र नेपाल शीर्ष दुईमा रहँदै उपाधि नजिक पुगेका हुन् ।

    images

    बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोलले हराउँदै भारतले फाइनलमा स्थान बनाएको हो ।

    बुधबार नै भएको पहिलो खेलमा नेपालले बंगलादेशसँग बराबरी खेल्दै फाइनलमा स्थान बनाएको थियो ।

    फाइनलमा नेपाललाई भारतसँग बदला लिने अवसरसमेत हुनेछ । राउण्ड रोबिङ लिग अन्तरगत पहिलो खेलमा नेपाल भारसँग १-० ले पराजित भएको थियो ।

    अहिलेसम्म साफ फुटबलमा सात पटक च्याम्पियन बनेर सर्वाधिक सफल टिम रहेको भारतलाई हराउन नेपाललाई त्यति सहज भने हुने छैन । तथापि जितका लागि खेल्ने प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले जनाएका छन् ।

    फाइनल खेल आइतबार अपराह्न ४:४५ बजे हुनेछ ।

    images
  • सम्बन्धित विषय:

  • # भारत
  • # साफ फुटबल
  • # नेपाल

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको