Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images

बंगलादेशमा किन भड्कियो हिंसा ? हिन्दु समुदायका घर पसल निशानामा !

बंगलादेशमा किन भड्कियो हिंसा ? हिन्दु समुदायका घर पसल निशानामा !

images
images
  • आश्विन ३०, २०७८ शनिवार १५:१४ बजे
  • 21.8K
    SHARES
  • images
    बंगलादेशमा किन भड्कियो हिंसा ? हिन्दु समुदायका घर पसल निशानामा !
    images
    images

    काठमाडौं । बंगलादेशमा दुर्गा पूजा समारोह र मन्दिरमा भएको हमलापछि देशका विभिन्न ठाउँमा हिंसा भड्किएको छ । ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनका क्रममा आज ढाकामा थप एकजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

    images

    राजधानी ढाकामा हिन्दू समुदायका घर पसललाई निशाना बनाएर आक्रमण भइरहेका खबरहरुमा उल्लेख छ । यस्तै कयौँ गाडीमा तोडफोड र आगजनी भएका छन् । प्रदर्शनकारीले भारतविरोधी नारा लगाएका छन् ।

    उनीहरुले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतसँग झुक्दै गएको आरोप समेत लगाएका छन् ।

    गएको बुधबार एक दुर्गा पूजा समारोहमा कुरानको अपमान भएको हल्ला समाजिक सञ्जालमार्फत फैलिएपछि हिंसा सुरु भएको बीबीसीले जनाएको छ । सोही दिननै त्यहा  ४ जनाको मृत्यु भएको थियो ।

    हिंसा फैलिएपछि गृह मन्त्रालयले २२ वटा जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

    प्रधानमन्त्री हसिनाले घटनामा संलग्नलाई कारबाही हुने बताउदै आएकी छन् । उनले संयमितता अपनाउन पनि आग्रह गरेकी छन् । 

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको