• मंगलबार, ६ चैत्र २०८०
  • images
    images

    बियरका बोतलले हान्दा सात प्रहरी घाइते

    बियरका बोतलले हान्दा सात प्रहरी घाइते


    ३ घुम्ती
  • शनिबार, असोज ३० २०७८
  • 3.3K
    SHARES

    रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सात जना घाइते भएका छन् ।

    गए राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात प्रहरी घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

    घाइते सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

    मुसिकोट नगरपालिका–१ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुङ्गा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो ।

    टोलीले आरोपितलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै ढुंगामुढा र बोतलसमेत प्रहार गरेपछि मुठभेडको अवस्था बनेको हो ।

    घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । चार जना भागेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

    images