Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • समाचार
  • देशभरको मौसम बदली, कहाँ–कहाँ हुँदैछ वर्षा...

मौसम पूर्वानुमान :

देशभरको मौसम बदली, कहाँ–कहाँ हुँदैछ वर्षा ?

देशभरको मौसम बदली, कहाँ–कहाँ हुँदैछ वर्षा ?

images
images
  • 3.8K
    SHARES
  • images
    देशभरको मौसम बदली, कहाँ–कहाँ हुँदैछ वर्षा ?
    images
    images

    काठमाडौँ l जल तथा मौसम विज्ञान विभागका अनुसार आज आईतबार बिहान प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली रहेको छ ।

    images

    गण्डकी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको विभागले जनाएको छ ।

    आईतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

    कर्णाली प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    ‘काठमाडौंमा गए राति सामान्य वर्षा भयो । बिहान भएपछि रोकिएको छ । आज दिउँसो पनि काठमाडौंमा सामान्य वर्षा हुने सम्भावना छ,’ मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘आज देशका धेरै स्थानमा सामान्य वर्षा हुनसक्छ तर भारी वर्षाको सम्भावना छैन ।’ 

    आज आईतबार राति देशभर सामान्य बदली रहने भएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही  स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

    प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह समेत गरेको छ । 

    भोलि सोमबार सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ । पर्सि मंगलवार पश्चिम नेपालसहित पूर्वी नेपालमा पनि भारी वर्षाको सम्भावना रहेको मौसमविद् नगरकोटीले जानकारी दिइन् ।

    हाल भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव रहेकाले वर्षाले सम्भावना रहेको विभागले जानकारी दिएको छ । मनसुन बाहिरिए पनि न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको प्रभावका कारण वर्षाको सम्भावना कायमै रहेको विभागले जनाएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको