Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • पर्यटन
  • राष्ट्रपति भण्डारी आज विहानै मुक्तिनाथको मन्दिरमा,...

राष्ट्रपति भण्डारी आज विहानै मुक्तिनाथको मन्दिरमा, पूजा अर्चनाको सन्देश के ?

राष्ट्रपति भण्डारी आज विहानै मुक्तिनाथको मन्दिरमा, पूजा अर्चनाको सन्देश के ?

images
images
  • कार्तिक १३, २०७८ शनिवार १२:३० बजे
  • 1.0K
    SHARES
  • images
    राष्ट्रपति भण्डारी आज विहानै मुक्तिनाथको मन्दिरमा, पूजा अर्चनाको सन्देश के ?
    images
    images

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहानै मुक्तिनाथ मन्दिर पुगेकी छन् । नेपाली सेनाको हेलिकोप्टरमा राष्ट्रपति भण्डारी मुक्तिनाथको पूजा गर्न मुस्ताङ पुगेकी हुन् ।

    images

    पूजाका क्रममा राष्ट्रपतिले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकी छन् ।

     राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा एमालेका नेता श्रीमाया थकाली, प्रदेशसभा सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गरेका थिए। 

    नेपालमा लामो समयदेखि कारोना भाइरसको महामारीबाट धार्मिक पर्यटनसम्बन्धी गतिविधी एवं तीर्थयात्रा हुन नसकिरहेका बेला नेपालको पर्यटन एवं तीर्थयात्रा सुरिक्षत छ भन्ने सन्देश दिन राष्ट्रपति भण्डारी मुक्तिनाथ पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो। राष्ट्रपति भण्डारी आजै बागलुङ जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जाने कार्यक्रम छ। 

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको