Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images

सिलिङ्कस्द्धारा नयाँ लोगो सार्बजनिक

सिलिङ्कस्द्धारा नयाँ लोगो सार्बजनिक

images
images
  • 708
    SHARES
  • images
    सिलिङ्कस्द्धारा नयाँ लोगो सार्बजनिक
    images
    images

    काठमाडौँ l सिलिङ्कस् ट्राभल्स एण्ड टुर्स प्रा. लि.ले नयाँ लोगो सार्वजानिक गरेको छ । डेढ दशक लामो यात्रामा भएका परिवर्तनहरुलाई आत्मसाथ गर्दै सिलिङ्कस्ले आफ्नो कर्पोरेट लोगो परिवर्तन गरेर रुपान्तरणको शुरुवात गरेको जानकारी दिएको छ । 

    images

    कम्पनीले आगामी बर्ष आफ्नो १५ औं बार्षिकोत्सब मनाउँदैछ । सन् २००७ मा टिकेटिङ्ग सेवा प्रदान गर्ने गरि स्थापना गरिएको सिलिङ्कस्ले आफ्नो १५ बर्षे यात्रामा ठूलो छलाङ्ग मारिसकेको छ । आफ्नो सफलताको यो यात्रालाई उत्सवमय बनाउने अभिप्राय अनुरुप सिलिङ्कस्ले वभिन्न किसिमका कार्यक्रमहरु लिएर आउँदैछ ।

    कम्पनीले नेपालीहरुको महान् चाढ दिपावलीको अवसर पारेर नयाँ लोगो सार्बजनिक गरेको थियो । साथै डेढ दशकको यस यात्रामा निरन्तर साथ र सहयोग गर्ने आफ्ना कर्पोरेट पार्टनरहरु माझ नयाँ लोगो परिवर्तनको सन्देश प्रबाह गर्दै कम्पनीको टीमले विभिन्न एअरलाईन्स तथा कर्पोरेट हाउसहरुमा भेटघाट समेत गरेका थिए ।

    सिलिङ्कस्को निलो र सुन्तले रङ्ग (ब्लु एण्ड अरेन्ज) मा संयोजन गरिएको यो नयाँ लोगोले सिलिङ्कस्को नाम भित्रको मर्म मात्र नभएर आफ्ना ग्राहकको सन्तुष्टि र खुशी समेत प्रतिनिधित्व गर्छ । कुनै एक विन्दुबाट अर्को विन्दु सम्म गरिने सबै किसिमका यात्राका लागि टिकटिङ्ग गर्ने सिलिङ्कस्ले प्रतिस्पर्धी मूल्य र ग्राहक सन्तुष्टिलाई आफ्नो प्राथमिक लक्ष्य बनाएको छ । 

    ‘सिलिङ्कस्को नयाँ लोगोले ट्राभल ट्रेडमा विकास भएको आधुनिकता र बहुआयमिकता प्रट्याउँछ ।” सिलिङ्कस्कि कार्यकारी निर्देशक पावना श्रेष्ठले भनिन्, ‘यो परिवर्तन कोभिड १९ पछिको पुर्नजागरण पनि हो । यसमा खुशि र आशा भरिएको छ । यसले हामी अझ बढी सेवाग्राही प्रति उत्तरदायी भएका छौं भन्ने पनि बुझाउँछ ।’ सिलिङ्कस्ले सेल्स ब्लिजकै शैलिमा गरेको लोगो अनभिलिङ्ग र भेटघाट कार्यक्रमले नोभेम्बर महिना भरि निरन्तरता पाउने पनि जानकारी दिएको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # सिलिङ्कस् ट्राभल्स एण्ड टुर्स प्रा. लि

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको