Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • कर्पोरेट
  • अर्थमन्त्री जनार्दन शर्मासंग नाडा प्रतिनिधि मण्डलको...

अर्थमन्त्री जनार्दन शर्मासंग नाडा प्रतिनिधि मण्डलको भेट

अर्थमन्त्री जनार्दन शर्मासंग नाडा प्रतिनिधि मण्डलको भेट

images
images
  • 421
    SHARES
  • images
    अर्थमन्त्री जनार्दन शर्मासंग नाडा प्रतिनिधि मण्डलको भेट
    images
    images

    काठमाडौँ l नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालज्यूको नेतृत्वमा गएको आठ सदसिय प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मासंग आज मन्त्रालयमा भेट गरेको नाडाले जनाएको छ ।  

    images

    उक्त भेटघाटमा अध्यक्ष दुलालले सरकारले ल्याएको प्रतिस्थापन बजेटबाट अटोमोवाइल व्यवसायमा सकारात्मक प्रभाव पारेको कारण सवारी साधनहरुको आयातमा आर्थिक बर्ष २०७६÷०७७ को तुलनामा आर्थिक बर्ष २०७७÷७८ मा सतप्रतिशत बृद्धि भएको र चालु आर्थिक बर्षमा अझ बृद्धि हुने बताउँदै सरकारले ल्याएका नीतिहरुको निरन्तरताका लागि समेत आग्रह गरेकाछन । 

    सो भेटघाट तथा छलफलमा अध्यक्ष दुलालले मिति २०७८ मसिंर २२ गते काठमाण्डौमा सम्पन्न हुने नाडाको आउदो ४५ औं वार्षिक साधारण सभाको प्रमुख अतिथिका लागि अनुरोध समेत गरेको नाडाले जनाएको छ ।

    उक्त छलफलमा उपाध्यक्ष करण चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती लगायत मोटरसाइकल समितिका सभापति अभिक ज्योति, कन्सट्रक्सन इक्यूपमेण्ट, वर्कशप टुल्स एण्ड ट्रयाक्टर समितिका सभापति मिलनबाबु मल्ल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको