Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • कर्पोरेट
  • बढ्दो आयात र घट्दो रेमिट्यान्सले बढायो...

बढ्दो आयात र घट्दो रेमिट्यान्सले बढायो सोधनान्तर घाटा, विदेशी मुद्रा सञ्चिती खस्कीदै

बढ्दो आयात र घट्दो रेमिट्यान्सले बढायो सोधनान्तर घाटा, विदेशी मुद्रा सञ्चिती खस्कीदै

images
images
  • 841
    SHARES
  • images
    बढ्दो आयात र घट्दो रेमिट्यान्सले बढायो सोधनान्तर घाटा, विदेशी मुद्रा सञ्चिती खस्कीदै
    images
    images

    काठमाडौं । रेमिट्यान्समा आएको कमि र आयातमा भएको बृद्धिका कारण मुलुकको सोधानान्तर घाटा अकासिदै गएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार साझ जारी गरेको एक रिपोर्ट अनुसार पछिल्लो समय यस्तो घाटा बढ्दै गएको देखाएको छ ।

    images

    असोज मसान्तसम्म शोधनान्तर स्थिति ७६ अर्ब १४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ९ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको शोधनान्तर स्थिति  असोजमसान्तसम्म ६४ करोड ३१ लाखले घाटामा रहेको रिपोर्टमा उल्लेख छ ।

    सोधनान्तर स्थितीमा आएको कमिको सोझो असर विदेशी विनिमय सञ्चितीमा परेको छ । गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब २ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.७ प्रतिशतले कमी आई २०७८ असोज मसान्तमा १३ खर्ब १९ अर्ब ३२ करोड कायम भएको छ ।

    अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ असोज मसान्तमा ६.५ प्रतिशतले कमी आई १० अर्ब ९८ करोड कायम भएको  देखिन्छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ सार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ असोज मसान्तमा ८.० प्रतिशतले कमी आई ११ खर्ब ४५ अर्ब २९ करोड कायम भएको छ ।

    बैंक तथा वित्तीय संस्थासँग  मात्रै रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ असोज मसान्तमा १२.७ प्रतिशतले वृद्धि भई १ खर्ब ७४ अर्ब ३ करोड पुगेको छ ।

    यो वर्षको तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

    त्यसैगरि खुद सेवा आय २३ अर्ब ७९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ११ अर्ब ९४ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १ सय ८३.८ प्रतिशतले वृद्धि भई ४ अर्ब २० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ अर्ब ४८ करोड रहेको थियो ।

    असोज मसान्तसम्म सेवा खाता अन्तर्गत भ्रमण व्यय १ सय ८७.१ प्रतिशतले वृद्धि भई १५ अर्ब २६ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय ८ अर्ब ९२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ५ अर्ब ३२ करोड रहेकोमा शिक्षातर्फको व्यय ४ अर्ब ४३ करोड रहेको थियो ।

    असोजमसान्तसम्म विप्रेषण आप्रवाह ७.६ प्रतिशतले कमी आई २ खर्ब ३९ अर्ब ३२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.७ प्रतिशतले कमी आई २ अर्ब २ करोड कायम भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.६ प्रतिशतले बढेको थियो ।

    असोजमसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने उल्लेख्य रुपमा वृद्धि भई ६६ हजार ३ सय १६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९६.८ प्रतिशतले घटेको थियो ।

    असोजमसान्तसम्म चालु खाता १ सय ५१ अर्ब ७० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३३ अर्ब ३८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २७ करोड ९९ लाखले बचतमा रहेको चालु खाता असोजमसान्तसम्म भने १ अर्ब २८ करोडले घाटामा रहेको छ ।

    त्यसैगरि पुँजीगत ट्रान्सफर ४५.९ प्रतिशतले कमी आई १ अर्ब ९२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७३.५ प्रतिशतले वृद्धि भई ५ अर्ब ७ करोड पुगेको छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको