Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • खेलकुद
  • 'ए' डिभिजन लिग आजदेखि सुरु, उद्घाटन...

'ए' डिभिजन लिग आजदेखि सुरु, उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स भिड्दै

'ए' डिभिजन लिग आजदेखि सुरु, उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स भिड्दै

images
images
  • मंसिर ३, २०७८ शुक्रवार ०१:१० बजे
  • 610
    SHARES
  • images
    'ए' डिभिजन लिग आजदेखि सुरु, उद्घाटन खेलमा सातदोबाटो र फ्रेन्ड्स भिड्दै
    images
    images

    काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल आजबाट  सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

    images

    सातदोबाटो र फ्रेन्ड्सबीचको खेल अपरान्ह पौने ५ बजे सुरु हुनेछ ।

    सातदोबाटोले पहिलो पटक शीर्ष डिभिजनको लिग खेल्न लागेको हो । बी लिगको उपाधि जित्दै सातदोबाटो यसै वर्ष शीर्ष लिगमा बढुवा भएको हो ।

    सातदोबाटोका कप्तान मान बहादुर तामाङले यस पटक आफुलाई प्रमाणित गर्ने अवसर भएको बताउछन् ।

    फ्रेन्ड्सले भने लामो समयदेखि लिग खेल्दै आएको छ । तर, फ्रेन्ड्सले लिगको उपाधि जित्न सकेको छैन ।
    कुल ९१ खेल हुने लिगमा ए डिभिजनका १४ वटा क्लबले प्रतिस्पर्धा गर्दै छन् ।

    लिग विजेताले ७५ लाख पाउने छन् । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् ।

    यस पटकको लिगको पुछारका दुई टिम भने रेलिगेसनमा पर्दै बी डिभिजनमा झर्ने छन् ।

    अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो ।

     

    images
    images
  • सम्बन्धित विषय:

  • # ए डिभिजन लिग

  • सम्बन्धित समाचार
    धेरै पढिएको