Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

images
images
  • 491
    SHARES
  • images
    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
    images
    images

    काठमाडौँ l बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी बुढानिलकण्ठ नगरपालिका–३ ठूलोभंगाल, चपली बस्ने ताप्लेजुङ फुलपिङ् नगरपालिका–११ स्थायी वतन भएका ४६ वर्षीय अन्दीराम इजम लिम्बूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

    images

    उक्त मुद्दामा उच्च अदालत पाटनको २०७६ मंसिर १० गतेको आदेशले ५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका लिम्बुलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर नयाँठिमीबाट पक्राउ गरेको हो । 

    लिम्बुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई २०७४ पुस २८ गते सिद्धार्थ बैंक लिमिटेडको चेक काटी दिएको कसूरमा अदालतले उक्त फैसला गरेको थियो । 

    उनलाई फैसला कार्यान्यवनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको उक्त ब्यूरोले जनाएको छ ।

    images
    images
  • सम्बन्धित विषय:

  • # बैंकिङ कसूर मुद्दा

  • तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको