Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • प्रवास
  • मन्त्रीको अनुगमन पश्चात देश छाड्नेलाई राहात...

वैदेशिक रोजगार

मन्त्रीको अनुगमन पश्चात देश छाड्नेलाई राहात !

मन्त्रीको अनुगमन पश्चात देश छाड्नेलाई राहात !

images
images
  • 519
    SHARES
  • images
    मन्त्रीको अनुगमन पश्चात देश छाड्नेलाई राहात !
    images
    images

    काठमाडौँ l श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगार कार्यालय ताहचलमा अनुगमन गरी सेवालाई व्यवस्थित र पारदर्शी गर्न निर्देशन दिएपछि केही सुधार भएको छ । 

    images

    गत मंसिर १ गते बुधवार मन्त्री श्रेष्ठले वैदेशिक रोजगार  कार्यालय ताहचलमा अनुगमन गर्नुभएको थियो । सेवाग्राहीको समस्या र गुनासाहरु सुनेर मन्त्री श्रेष्ठले तत्काल समाधानका लागि कर्मचारीलाई निर्देशन दिएका थिए ।

    सुधारहरुः 

    . विदेश जाने युवाले भोग्ने सास्ती कम गर्नश्रम स्वीकृति लिने प्रक्रियागत काम आधा घटाइएको छ, जसबाट घण्टौं लाइन बस्नुपर्ने बाध्यताहट्ने विश्वास गरिएको छ ।

    . सेवाग्राहीले अनलाइन फारम भरेर ई–टोकन अर्थात् विद्युतीय पालो प्रणालीको व्यवस्था रहेकोमा अनलाइन र अफलाइन टोकनका आधारमा सेवा दिने व्यवस्था गरिएको छ ।

    ३. ठगीलाई नियन्त्रणका लागि सहायता कक्ष स्थापना गरिएको छ ।

    ४. श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र बायोमेट्रिकका सेवाग्राहीको भीड हुने भएकोले आवश्यकता अनुसार २ सिफ्टमा काम गर्न थालिएको छ ।

    यी प्रयासहरुले प्रक्रियागत काम सरल र व्यवस्थित हुनुका साथै ठगी नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा छ ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको