Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images
  • समाचार
  • अध्यक्षमा भिड्न लागे भीम रावललाई महाधिवेशनमा...

राजनीति

अध्यक्षमा भिड्न लागे भीम रावललाई महाधिवेशनमा नयाँ जिम्मेवारी

अध्यक्षमा भिड्न लागे भीम रावललाई महाधिवेशनमा नयाँ जिम्मेवारी

images
images
  • 638
    SHARES
  • images
    अध्यक्षमा भिड्न लागे भीम रावललाई महाधिवेशनमा नयाँ जिम्मेवारी
    images
    images

    काठमाडौँ l नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्नुअघि बन्द सत्र सञ्चालनका लागि गठित अध्यक्ष मण्डलमा ओलीसँग भिड्ने तयारी गरेका भीम रावललाई नयाँ जिम्मेवारी मिलेको छ ।

    images

    मंगलबार बसेको स्थायी कमिटी बैठकले महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि गठित ११ सदस्यीय अध्यक्ष मण्डलमा भीम रावललाई समेत जिम्मेवारी दिइएको छ । ११ सदस्यीय अध्यक्ष मण्डलमा अध्यक्ष केपी शर्मा ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीमबहादुर रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालबाबु पण्डित र गोमा देवकोटा रहेका छन् ।

    महाधिवेशनबाट नयाँ नेतृत्व छनोट गर्नुअघि बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन गरिएको हो । अध्यक्ष मण्डलले गरेको निर्णय लेख्न माइन्युट कमिटी पनि बनाइएको छ । जसमा पृथ्वी सुब्बा गुरुङ, सूर्य थापा, विष्णु रिजाल, मनोज थापा, ठाकुर गैरे, गोविन्द नेपाली र ज्वालाकुमारी साह रहेका छन् ।

    अध्यक्ष मण्डलमा परेका रावलबाहकेका सबै नेता केपी ओलीलाई नै अध्यक्ष बनाउनुपर्ने पक्षमा छन् भने रावल आफैं अध्यक्ष बन्न खोजेका छन् । रावलले केही दिनअघि आफू अध्यक्ष पदमा चुनाव लड्ने घोषणा गरिसकेका छन् ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको