Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images

विचार

ओलीलाई गाली गर्ने हो भने वीपी माथि प्रश्न उठाउनुपर्छ

ओलीलाई गाली गर्ने हो भने वीपी माथि प्रश्न उठाउनुपर्छ

images
images
  • 1.5K
    SHARES
  • images
    ओलीलाई गाली गर्ने हो भने वीपी माथि प्रश्न उठाउनुपर्छ
    images
    images

    विनोद चौलागाई
    राजनीतिमा खासै चासो नराख्ने यो टिप्पणीकार पछिल्ला राजनीतिक परिघटनालाई नियाँल्ने मेसोमा पुग्यो। केन्द्रीय राजनीतिको समीकरणलाई हेर्दा ठूलो इतिहास बनाउँदै गरेको नेकपा एमाले एकातिर र त्यसबाहेकका अन्य अर्कातिर मोर्चा बनाएर लागेका छन्।

    images

    एमाले र त्यसमा पनि अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनेक दिनका चर्चा, आलोचना र गाली सत्ता गठबन्धनमा रहेका प्रचण्ड र माधवकुमार नेपालको पेवा बनिसकेको छ। यसले ओलीको बिख्याती होइन, उनको ओज र महत्वलाई स्पष्ट पार्छ।

    नेपालको राजनीति काँचको घर हो। र, त्यहि घरभित्र बसेर जब दुई मनुवा ढुङ्गा हानिरहेका छन् भने बुझ्नुपर्छ, ओली कुन तह र ताकतका नेतृत्वकर्ता हुन्।

    नेपाली कांग्रेसका नेताहरू डाँको छाडेर ओलीमाथि खनिएको देख्दा अचम्म लाग्छ। जुन पार्टीको जग नै भारतीय विस्तारवादी र दक्षिणपन्थी विचारधाराबाट ओतप्रोत छ, यसले ओलीलाई दक्षिणपन्थी भनिरहेको छ। भारतीय विस्तारवादीसँग मोलमोलाई गरेको आरोप लगाइरहेको छ। अवैधानिक हिसाबले ओलीको पार्टीमा रहेका केही अवसरवादीलाई अलग हुने मौका दिन अध्यादेश ल्याउनेले भनिरहेको छ– ओली खराब हुन्।

    बाबा रामदेवको टिभीको वैधानिकता नहुँदै उद्घाटनमा पुग्ने सत्ता गठबन्धनमा रहेका प्रधानमन्त्रीदेखिका नेता भनिरहेका छन्– ओली सर्वसत्तावादी हुन्। यति संकुचित मानसिकता र देखादेख फोहोर गरिरहेका शेरबहादुर देउवा, प्रचण्ड र माधव नेपालहरुलाई के भन्ने खै! निर्वाचनले सबैको परिक्षण गर्ला नै। 

    तर, यो युगमा ओलीको महत्वलाई व्याख्या नगर्ने हो भने राजनीतिले श्राप दिनेछ। ओलीका अघिपछि रहेका कतिपय नेता कस्ता छन् भन्ने चर्चा होइन, पार्टीभित्र अनेक प्रकारका विचार भएका, व्यक्तिगत स्वार्थ भएका मानिस हुन्छन्। तिनलाई पनि एउटा सेपमा राखेर एउटा विशाल पार्टीलाई व्यवस्थित बनाउनका लागि ओलीको नेतृत्व कति सफल भयो भन्नेचाहिँ प्रश्न हुन्छ।

    १०औं महाधिवेशनमा केन्द्रित भइसकेको एमालेका लागि ओली अविछिन्न नेता बनिसकेका छन्। जीवनका रोगी उत्तरार्धमा स्फूर्त पार्टी निर्माणमा ओलीको भूमिका नजरअन्दाज गर्न मिल्दैन।

    नेपाली राजनीतिमा, खासगरी एमालेको इतिहासमा ओलीको नेतृत्व सुनौलो अक्षरले लेखिन्छ, इतिहासले स्मरण गर्छ। जसरी पहिलो संविधानसभाको चुनावमा पार्टीको नेतृत्व हाँकेका माधवकुमार नेपालले संगठनलाई क्षतविक्षत गरी आफैं पराजित भए, दोस्रो संविधानसभाको चुनावमा नेतृत्वमा उदाउँदै गरेका ओलीले दोस्रो दल र प्रतिनिधि सभा निर्वाचनमा पूर्ण नेतृत्वमा आएर पहिलो दल बनाए। एमालेको लेखान्त पराजय हुँदा नेतृत्वले अपजस लिनुपर्ने थियो भने बिजेता हुँदा ओलीलाई जस दिनु अनिवार्य हुनुपर्छ।

    हिजो भारतीय पक्षसँग ओलीको कस्तो सम्बन्ध थियो, महाकाली सन्धीमा उनी कतातिर लम्किए भन्ने प्रश्नको अर्थ छैन। आज, खासगरी नाकाबन्दीका समयमा उनले कस्तो कदम उठाए, कुन अडान राखे र अहिले कस्ता अडान कायम गरिरहेका छन् भन्ने अर्थपूर्ण हुन्छन्। यदि अन्य दलका नेताले उनको साखलाई गिराउनका लागि अनेक आक्षेप लगाउँछन्, खासगरी कांग्रेसले लगाउने काम गर्छ भने प्रश्न वीपी कोइरालाहरूको जन्म, उनका कर्ममाथि पनि उठ्छन्। तर जसरी हामी वीपीको पछिल्लो राजनीतिक अवतरणले महामानवका रुपमा व्याख्या गर्छौ नि, ओलीलाई पनि पछिल्ला राजनीतिक कर्मका आधारमा व्याख्या गरिनुपर्छ।

    परिवर्तन अनिवार्य छ। नेपाली राजनीतिको कालखण्डमा माओवादी पार्टीको युद्धका प्रभाव र डोभले अहिलेसम्म उन्मुक्ति पाएको छैन। कतिपयले यसलाई परिवर्तन भनेका छन्, त्यसलाई माने पनि संसदीय व्यवस्थामा माओवादी जत्तिको अस्थिरतामा खेल्ने अर्को कुनै संगठन देखिएको छैन।

    कम्युनिस्टहरूको बहुमत रहेको अवस्थाको मुलुकमा कम्युनिस्टकै विभाजनले अहिले एउटा तरल अवस्था बनाएको छ। तर, कम्युनिस्ट केन्द्रका निम्ति एउटा दरिलो संगठन बनाएको एमाले र त्यसलाई नेतृत्व गरेका ओलीसँग सम्बद्ध हुँदा एउटा इतिहास निर्माण हुनसक्छ। त्यो पछिल्लो चुनावी परिणामले देखाइसकेको छ। 

    अतः ओली दिर्घकालिन र आजीवन अध्यक्ष होइनन्। महाधिवेशनले उनलाई जिताए जम्मा ५ बर्षमात्र हो, त्यसपछि उनी हुने होइनन्। तर, एमाले पद्दती बनिसकेको छ। र, यो पद्दतीलाई बलियो बनाउन ओलीले खेलेको भूमिकालाई इतिहासले गर्विलो कथामा उन्छ कि, अवैधानिक हिसाबले एमाले विभाजन गराउने माधव नेपालको गीत गाउँछ? यसर्थ, ओलीमाथि आरोप लगाउनुअघि सबैले आफ्नो राजनीतिक जीवन र गरेका कर्मका बारेमा समिक्षा गरेको बेस हुनेछ।

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको