Logo

२०७८, मंसिर १४ गते मंगलवार

images
images

सेनाका बिचौलिया फेरि सल्बलाए

सेनाका बिचौलिया फेरि सल्बलाए

images
images
  • 48.4K
    SHARES
  • images
    सेनाका बिचौलिया फेरि सल्बलाए
    images
    images

    काठमाडौँ l बिचौलियाहरू अनुहार फेरी–फेरी कसरी हावी हुन्छन् भन्ने एउटा दृष्टान्त छ, नेपाली सेनामा । वर्तमान सरकारमा सञ्चार मन्त्री रहेका ज्ञानेन्द्र कार्कीका कान्छा भाइ हुन्, लोकेन्द्र ।

    images

    ०५२ सालमा बनेको ‘सोल्टिनी’ फिल्मका हिरो उनको खास धन्दा हो, बिचौलियाको । सेनाको राशन ठेक्काबाट व्यवसायमा हात हालेका उनले अहिले दिपक भट्ट, अविनाश शर्माहरूसँग मिलेर सेनाका लागि हतियार खरिदमार्फत करोडौं रकमको नाफा खान थालेका छन् । नेपाली सेनाले वर्षौंदेखि प्रयोग गर्दै आएको अमेरिकी एम १६ राइफललाई दक्षिण कोरियाको के टू सिरिजका १० हजार थान असल्ट राइफलले विस्थापित गर्दै उनी थप करोडौँ कुम्ल्याउने दाउमा लागेका हुन् ।

    यस्तो डिल गरेबापत हालै रिटायर्ड भएका एक ठूलै हाकिमका रायमाझी थरका सालोलाई दुबईको पाम विचमा फ्ल्याट किनिदिएको चर्चा छ । यो धन्दामा भारतीय दूतावासको अफिसर हुँ भन्ने अभिषेक चौवे पनि संलग्न छन् । उनी विभिन्न राजनीतिक दलका नेतासँग सघन सम्बन्धमा रहेका व्यक्ति हुन्, एमाले युथफोर्सका सञ्जय झासम्मलाई साथ लगाएर हिँड्छन् ।

    यही गिरोहमार्फत लोकेन्द्रले पूर्णचन्द्र थापा घर जानुअघि केपी ओलीलाई भनेर २ अर्ब ४० करोडको हतियार खरिद गर्ने प्रस्ताव मन्त्रिपरिषद्बाट पास गराएका थिए । अहिले नयाँ प्रधानसेनापति आएका छन्, तर कामचाहिँ पुरानै निर्णयअनुसार अगाडि बढिरहेको छ । त्यसका लागि सेनाको अत्यावश्यक खरिद शीर्षकका रकम कटौती गरेर हतियार खरिदमा हालिएको हो । सिंगापुरमा एनसेलका लगानीकर्ता सतिशलाल आचार्यको सहयोगले लोकेन्द्रको आफ्नै नाममा कम्पनी छ । उनी त्यहाँ आवासीय अधिकार (पिआर) प्राप्त व्यक्ति पनि हुन् ।

    सेनाले शुरुमा अमेरिकासँगै ४२ सय थान एम १६ राइफल खरिद प्रक्रिया शुरु गरेको थियो । तर, कानुनी झमेला देखाउँदै राष्ट्र बैंकले प्रक्रिया रोकिदिएपछि गत असार २२ गते सम्झौता भई कोरियाको हतियार उत्पादक कम्पनी डेउ प्रिसिजन इण्डष्ट्रिजसँग ती हतियार खरिद गरिएको हो । अहिलेसम्म सेनासहित नेपाल प्रहरी र सशस्त्रले समेत ७ पोइन्ट सिक्स टु का कार्टिज प्रयोग गर्दै आएकोमा कोरियासँग किनिएको हतियारमा चाहिँ ५ पोइन्ट ५ सिक्स एमएमका गोली प्रयोग हुने छन् ।

    अर्कातिर, नेपाली सेनाले धेरै वर्षअघि रसियासँग हेलिकोप्टर किनेको रकम चोर बाटोबाट पठाइसकेपछि अहिले फेरि कजाखस्तानबाट २ थान एमआई सेभेन्टिन ल्याउने तारतम्य यही गिरोहले मिलाउँदै छ । युरोपेली तथा अमेरिकी मुलुकले रसियालाई कालोसूचीमा राखेपछि वैधानिक विधिबाट रकम पठाउन नसक्दा बिचौलिया दिपक भट्टहरूमार्फत जर्मनी भएर रकम पठाइएको थियो ।

    पश्चिम सेती, अपर कर्णाली, त्रिशुली, बूढीगण्डकी जलविद्युत् परियोजनासहित अरुण तेस्रोको लोकल एजेन्सी फुत्काइसकेका भट्टका दाइ सुशील लगानी बोर्डको प्रमुख कार्यकारी छन् । उनैमार्फत कमिशन डिल भइरहेको हेलिकोप्टरको मामिला सेनाले रक्षामा पु¥याइसक्यो । सेना पैसा दिन तयार छ । दिने उपाय मात्रै नभएको हो । विदेशी मुद्रा भएको कारण अर्थ मन्त्रालयमार्फत जानुपर्छ ।

    गौरवसमशेर राणा प्रधानसेनापति हुँदा सात वर्षअघि ल्याइएको हेलिकोप्टरको कूल ३२ मिलियन डलर भुक्तानी भइसक्यो । पछिका दुईवटाको भुक्तानी दिन खोजिँदै छ तर सामान आएको छैन । त्यहाँ पैसा पठाउन गाह्रो छ, कालोसूचीका कारण । दिपक भट्टसहितका व्यापारी दिल्ली गएर उतैको व्यापारीमार्फत भुक्तानी गराउने तारतम्य मिलेको बताइन्छ । जनआश्था साप्ताहिकमा खबर छ l

    images
    images
    सम्बन्धित समाचार
    धेरै पढिएको